काठमाडौँ – स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आज पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । आयोगका अनुसार बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही […]