काठमाण्डाै – केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो हावा र सुख्खा हावा चल्न थालेको छ । पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बद्ली भएर बेलुकीपख केही शीतल भए पनि तराईका जिल्लामा मौसम बद्ली नहुँदा जनजीवन बढी प्रभावित बनेको छ ।
तराईका धेरैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । गएको २४ घण्टामा धनगढीको अधिकतम तापक्रम ४० दशमलव ८ डिग्री सेल्सियस, नेपालगञ्ज र भैरहवाकोे ४० दशमलव ६ डिग्री सेल्सियस पुगेको छ । यस्तै, वीरेन्द्रनग...