काठमाण्डाै - काठमाण्डौमा हिजो मनसुन सुरु भएयताकै सबैभन्दा गर्मी भएको छ । काठमाण्डौमा हिजोको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो ।
हिजाे यसपालि मनसुन लागेपछिकै सबैभन्दा धेरै गर्मी भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । पानी नपर्दा काठमाण्डौसहित देशभर नै गर्मी बढिरहेको छ । अहिले भने काठमाण्डौसहित वाग्मती, प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा शीतल छ ।
हिजोअस्ति बिहानै घाम चर्किने गरे पनि यी प्रदेशका केही ठाउँमा आज बिहान हल्का पानी पर्नुका साथै मौसम आंशिकदेखि सामान्य बदली भएकाले...