आज हिजोअस्तिको जस्तो गर्मी नहुने, पहाडी केही ठाउँमा हल्का वर्षाको अनुमान

काठमाण्डाै - आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज केही शीतल हुने अनुमान छ । काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । मनसुन अनुकूलको वातावरण बनिरहेकाले तापक्रम केही घट्ने मौसमविद् कँडेलले बताउनुभयो । उहाँका अनुसार अहिले नेपालमा पश्चिमी वायुसँगै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपा...

सम्बन्धित सामग्री

विभाग भन्छ– गर्मी बढ्ने क्रममा छ, सतर्कता अपनाउनू

काठमाडौं । देशका विभिन्न भागमा आज पनि पानी पर्ने भएको छ । आज दिउँसो वाग्मती प्रदेश र प्रदेश–१ का पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल...

देशका पहाडी भू–भागमा आज मौसम आंशिक बद्ली : गर्मी बढ्यो

काठमाण्डाै - देशका पहाडी भू–भागमा आज मौसम आंशिक बद्ली भएको छ । पहाडी एक/दुई ठाउँमा दिउँसोपख मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चैत लागेसँगै गर्मी बढ्दै गएको छ । धरानमा अस्ति बिहीवार अधिकतम तापक्रम ३७ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । यसअघि धरानमा सन् २०१३ मा ३८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । हिजो भने धरानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसले घटेको छ । धरानमा पछिल्लो २४ घण्टामा उच्चतम ता...

बढ्दै गर्मी, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस पुगेको थियो । धरानमा सर्वाधिक ३७.२ डिग्री सेल्सियस रहेको थियो भने जनकपुरमा ३७ डिग्री सेल्सियस, […]

बढ्दै गर्मी, केही स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस पुगेको थियो । धरानमा सर्वाधिक ३७.२ डिग्री सेल्सियस रहेको थियो भने जनकपुरमा ३७ डिग्री सेल्सियस, घोराहीमा ३६.८ डिग्री सेल्सियस र विराटनगरमा ३६.२ डिग्री सेल्सियस रहेको थियो । अन्य क्षेत्रमा पनि तापक्रम वृद्धि भएको महाशाखाले तथ्याङ्कले देखाएको छ ।महाशाखाका अनुस

गण्डकी र प्रदेश-१ का पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाण्डाै - पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले अहिले पहाडी भूभागको केही ठाउँमा मौसम सामान्य बद्ली भएको छ । बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभरको मौसम सफा रहने छ । बेलुकीपख प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पूर्वी हिमाली भेगको एक/दुई ठाउँमा सामान्य हिमपातको पनि सम्भावना रहेको छ। यस्तै, केही दिनदेखि गर्मी बढेको छ । गएको २४ घण्टामा धरानको अ...