साल्ट ट्रेडिङ्ग बाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

काठमाडौं : साल्ट ट्रेडिङ्ग बाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ।बिहीबार एक सूचना जारी गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले निषेधाज्ञा अवधिभर खाद्यान्न तथा ग्यासमा २० प्रतिशत छुट दिने जनाएको हो।सरकारले आर्थिक आगामी आर्थिक वर्ष २०७८ ०७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर उपभोक्ताले खरिद गर्ने खाद्यान्नमा २० प्रतिशत छुट दिने निर्णय गरेअनुसार उक्त छुट दिइने लिमिटेडका निमित्त सहायक कार्यकारी निर्देशक पंकज जोशीले जारी गरेको सूचनामा उल्लेख छ। 

सम्बन्धित सामग्री

सहुलियतको खाद्यान्न विक्री वितरण बन्द

असार ९, काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छूट बन्द गरेका छन् । मंगलवारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधवारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छूट बन्द गरेका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएसँगै २० प्रतिशत छुट रोकिएको खाद्य कम्पनीले जानकारी दिएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले गत वैशाख २० गतेदेखि देशभर रहेका ४८ ओटा विक्री काउन्टरबाट दिइएको छूट मंगलवारदेखि रोकिएको जानकारी दिए । उनका अनुसार कम्पनीले करीब डेढ महीनाको अवधिमा रू. एक करोड ३८ लाखभन्दा बढीको छुुट दिइएको छ । करीब ६ करोडभन्दा बढीको कारोबार हुँदा उक्त रकम छूट दिइएको हो । छूट अवधिमा १२ हजार ८८ क्विन्टल चामल विक्री गरिएको छ ।  यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले समेत बुधवारदेखि छूट रोकिएको जानकारी दिएको छ । दुई कम्पनीले छूट दिँदा उपभोक्ताको भीड बढेको भन्दै गत वैशाख २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र खाद्यान्नमा छूट दिएका थिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरीद गर्दा २० प्रतिशतसम्म छूट पाइने बताएका थिए । साल्ट ट्रेनिङ कर्पोरेशनले आफ्नो उत्पादनबाट पाँचजनाको परिवारलाई एक महीनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छूट दिएको थियो । कम्पनीले दुई किलो पीठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छूट दिनेछ ।  छुटपछि अब पीठो ४४, चिनी ६३, नुन १६, तेल प्रतिलिटर १८८ र ग्यास प्रतिसिलिण्डर रु एक हजार १२० मा विक्री गरेको थियो । यस्तै खाद्य  व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सीबाहेकको चामल) मा २० प्रतिशत छूट दिएको थियो । रासस

मूल्य छुटपछि साल्ट ट्रेडिङमा ग्राहकहरुको भीड, ग्यास बिक्री बढ्दो

सरकारले बजेट मार्फत दैनिक उपभोग्य वस्तु खाद्यान्न, चामल, पिठो, नून चिनीसहित खाना पकाउने एलपी ग्यासमा समेत २० प्रतिशत छुट दिएपछि साल्ट ट्रेडिङमा ग्राहकहरुको भीड लागेको छ । गत बिहीबारदेखि कार्यान्वयनमा आएको छुट योजनामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा दैनिक उपभोग्य वस्तु खरिद बिक्री केन्...

छुटमा सामान किन्नेको भिड

साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्री केन्द्रमा २० प्रतिशत छुटको ग्यास र खाद्यान्न किन्नका लागि शुक्रबार बिहानैदेखि उपभोक्ताको भीड लागेको छ । सरकारले अनुदान दिने सर्तमा साल्ट ट्रेडिङले प्रतिसिलिन्डर (एसटीसी) ग्यासमा २८० रुपियाँ छुट, चिनी प्रतिकेजी ६३ रुपियाँ, दुई केजी पिठो, नुन र भटमासको तेल प्रतिलिटरमा २० प्रतिशत छुट दिएपछि शुक्रबार बिहानैदेखि काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्रमा उपभोक्ताको भीड लागेको हो ।

२० प्रतिशत छुट कार्यान्वयनमा, अब खाना पकाउने ग्यास १ हजार १२० रुपैयाँमै पाइने

सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले  जनाएका छन् । खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको स

निषेधाज्ञाको अवधिभर खाद्यान्न र ग्यासमा २०% छुट

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट व्यवस्था गरिएको छ ।उपभोक्तालाई राहत दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको हो । दुई सरकारी कम्पनीले वितरण गर्ने, चामल, दाल, चिनी, गेडागुडी, तेल र एसटीसी ग्यासमा २० प्रतिशत […]