सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले जनाएका छन् । खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको स