काठमाण्डाै - तिहार सुरु हुन अझै एक हप्ताभन्दा बढी समय बाँकी छ । तर बजारमा तिहारको झिलिमिली सुरु भइसकेको छ ।
बजारमा किनमेल गर्नेको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ ।
तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिङ्गारिन्छ । अझ लक्ष्मीपूजाको बेलुकीमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ ।...