दशैंमा गाडी किन्नेलाई ग्लोवल आईएमई बैंकको कर्जा स्कीम, व्याजदर ७.२९%

काठमाडौं । चाडपर्व नजिकिएसँगै गाडी विक्रेताले मात्र होइन, बैंकहरुले समेत स्कीम ल्याउन थालेका छन् । यही क्रममा ग्लोवल आईएमई बैंकले ‘अटो लोन फेस्टिवल एक्स्प्रेस स्कीम’ नामबाट गाडी किन्ने ग्राहकल लक्षित योजना ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा विद्युतीय गाडी किन्ने ग्राहकलाई निकै राम्रो अफर दिएको छ । यस योजनामा विद्युतीय गाडी किन्ने ग्राहकले ७.२९ प्रतिशत […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको ७.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरी ७.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कायम रहेको व्याजदर ७ वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक […]

कामना सेवा विकास बैंकको नयाँ ब्याजदर

कामना सेवा विकास बैंकले ग्राहकहरुको कर्जाको लागि नयाँ व्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्र्तगत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिद गर्दा बैंकले १२.१२ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । आवासिय घर निर्माणको लागि कर्जा लिँदा अधिकतम ३० वर्षका लागि […]

राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गदर्शन संशोधनले जितेन व्यवसायीको मन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको दवावमा नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन संसोधन गरेको छ । कोभिड र रुस युक्रेन युद्धको दवावले शिथिल रहेको अर्थतन्त्र थप चलायमान बनाउन राष्ट्र बैंकले चालु पूजी कर्जा, कर्जाको व्याजदर प्रति रुष्ट रहेका उद्योगी व्यवसायीलाई लक्षित गरी गरिएको यो निर्णयप्रति उद्योगी व्यवसायीले भने राष्ट्र बैंक व्यवहारिक तथा लचिलो हुन […]

‘हेरफेर सम्भव छैन’

निजी क्षेत्रले व्याजदर तथा चालु पुँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको नीति सच्याउन माग राखेर एक चरणको लबिङ र दवाव दिने काम सकेको छ । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा निस्केको टोलीले विभिन्न दलका नेतृत्व, प्रधानमन्त्री, अर्थमन्त्री र वाणिज्य मन्त्रीलाई भेटेर राष्ट्र बैंकमाथि दबाब दिन खोजेको हो । यही प्रयास अन्तर्गत बिहीबार […]

मुलुक र अर्थतन्त्रका सन्दर्भमा राजनीतिकरण नगरौं : अर्थमन्त्री

३ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनको पूर्वसन्ध्यामा मुलुक र अर्थतन्त्रका सन्दर्भमा कसैले पनि राजनीतिकरण नगर्न आग्रह गरेको छन् । उनले बजेटले लिएको मुख्य लक्ष्य आन्तरिक उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्न वित्तीय क्षेत्रको कर्जा त्यसतर्फ केन्द्रित हुनुपर्नेमा रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री शर्माले बिहीबार मुलुकको आर्थिक अवस्था, बैंकको व्याजदर र […]

अर्थतन्त्रमा व्याजदर वृद्धि र आयात प्रतिबन्धको बहुआयामिक प्रभाव

अहिले देशको अर्थतन्त्र चौतर्फी संकटमा छ । सरकारसँगै निजी क्षेत्र पनि असहज अवस्थाबाट गुज्रिरहेको छ । राजस्व संकलनको कमजोर अवस्थाले सरकार केही महिनामै कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने स्थितिमा पुग्दै छ भने निजी क्षेत्रका ठूला र प्रतिष्ठित भनिएकै व्यवसायीहरू बैंकको कर्जा चुक्ता गर्न नसकी सडकमा आउने स्थिति रहेको विभिन्न सार्वजनिक अभिव्यक्तिमै बताइरहेका छन् । आयात प्रतिबन्ध […]

वाणिज्य बैंकहरूको बेसरेट औसत २.१९% विन्दुले बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्ममा  वाणिज्य बैंकको आधारदर (बेसरेट) औसत २ दशमलव १९ प्रतिशत विन्दुले बढेको छ । बेसरेट बढेसँगै ऋणीहरू मारमा परेका छन् । गत आवको चैत मसान्तसम्म यी २७ वाणिज्य बैंकको बेसरेट औसत ६ दशमलव ९१ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर औसत ९ दशमलव १० प्रतिशत कायम भएको हो ।  बैंकहरूले कर्जा प्रवाह गर्दा आधारदरका आधारमा ब्याजदर तोक्छन् । आधारदर न्यूनतम कर्जाको सीमा पनि हो । बैंकहरूले कर्जाको प्रकृति अनुसार तोकिएको आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप्ने गरेका छन् ।  बैंकको आधारदर बढ्दा त्यसको प्रत्येक्ष असर ब्याजदरमा पर्छ । बैंकको आधारदरमा केही प्रतिशत प्रिमियर थपेर कर्जामा ब्याजदर तोक्छन् । कुनै पनि बैंकहरूले आधारदरभन्दा तल झरेर कर्जा दिँदैनन् । त्यसले गर्दा पनि अहिले वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जाको व्याजदर १० प्रतिशतभन्दा तल छैन् । आधारदर बढी भएका बैंकबाट कर्जा लिदा ऋणीलाई ब्याजदर महंगो पर्छ । एक वर्षको अन्तरालमा वाणिज्य बैंकहरूको आधारदर निकै बढेको छ ।  १० प्रतिशतभन्दा बढी बेसरेट दुई बैंकको  चैत मसान्तसम्म आधारदर १० प्रतिशतभन्दा बढी हुनेमा मेगा बैंक र सनराइज बैंक रहेका छन् । गत आवको चैत मसान्तमा मेगा बैंकको आधारदर ७.५९ प्रतिशत थियो भने चालू आवको सोही अवधिमा आइपुग्दा यो बैंकको आधारदर १० दशमलव १० प्रतिशत कायम भएको छ । एक वर्षको अन्तरालमा यो बैंकको आधारदर २ दशमलव ५१ प्रतिशत विन्दुले वृद्धि भएको हो ।  त्यस्तै सनराइज बैंकको आधारदर गत आवको चैत मसान्तमा ७ दशमलव ५९ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १० दशमलव ११ प्रतिशत पुगेको छ । यो बैंकको पनि एक वर्षको अन्तरालमा आधारदर २ दशमलव ८८ प्रतिशत विन्दुले वृद्धि भएको छ ।  बेसरेटका आधारमा वाणिज्य बैंकहरूमध्ये कर्जाको ब्याजदर सबैभन्दा महंगो सन्राइज र मेगा बैंककै देखिएको छ । यी बैंकको आधारदर १० प्रतिशतभन्दा बढी भएकाले अरू वाणिज्य बैंकको तुलनामा यी बैंकको कर्जा महंगो हुने देखिन्छ । त्यस्तै १७ वटा वाणिज्य बैंकको चैत मसान्तसम्म आधारदर ९ प्रतिशत भन्दा बढी छ । सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकको ७ दशमलव ५५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ७ दशमलव ३१ प्रतिशत बेसरेट रहेको छ ।

बैंकको व्याजदर वृद्धिसँगै सेयर बजारमा गिरावट

बैंकहरूले व्याजदर वृद्धि गरेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । बैंकहरूले १ असोजबाट लागु हुने गरी निक्षेपको व्याजदर बढाएसँगै कर्जा महँगो हुने अनुमानबीच सेयर बजार प्रभावित भएको हो ।राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा निर्धारण गरेसँगै ओरालो लाग्न थालेको बजार यो साता करिब ६३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक […]