विश्वमा सबैभन्दा बढी आत्महत्या गरिने देश जापानमा कोभिड–१९ महामारीको समयमा आत्महत्या दरमा अरु वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको …