कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट मंगलबार एकजना मन्त्री सरकारमा सहभागी हुने भएका छन्। त्यसका लागि मंगलबार दिउँसो माओवादी केन्द्र संसदीय दलको बैठक बसेर छलफल भएको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टका अनुसार सांसद विन्दमान विष्टलाई सरकारमा पठाइने निर्णय भएको हो । उनले भने,‘ सायद आज नै शपथ पनि हुन्छ । यद्यपि, अहिले कुन मन्त्रालय पाउने भन्नेबारेमा भने टुङ्गो लागिसकेको छैन।’मुख्यमन्त्री जीवनबहादुर शाहीको नीजि सचिवालयका अनुसार विष्टको आजै शपथ ग्रहण ह