विकास निर्माणको काममा महिलाको सहभागिता बढ्दै

वैशाख ७, ताप्लेजुङ । ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढ्दै गएको छ ।  प्रायः जसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् । पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हुने विकास निर्माणका काममा पुरुषभन्दा महिला अब्बल हुन थालेका छन् । महिलाहरू साना सिँचाइ योजना, बाटो निर्माण खानेपानी योजना, भवन निर्माणमा सहभागी हुन थालेका छन् । बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुँदा महिलालाई ज्ञान र सीपका साथै आर्थिक उपलब्धि समेत हुने गरेको पाइन्छ । सिदिङवा गाउँपालिका–३ का शिवमाया सिवालाई विगतका दिनमा चुलोचौकामै दिन बित्थ्यो । गाउँमा विकास निर्माणका काम त हुन्थ्यो, तर महिला जान पाउँदैनथे । आजभोलि बिहानै सबेरै उठेर चुलोचौको सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काममा जानु सिवाको दैनिकी हो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमा विकास निर्माणको काम हुन थालेपछि यहाँका महिलाको दैनिकी फेरिएको हो ।  उनी भन्छिन्, ‘हामीले बाटो र कुलो बनाउने काम गरिरहेका छौँ । पुरुषको भन्दा छिटो गरिरहेका छौँ ।’ विकास निमार्णका सहभागी हुँदा ज्ञान र सीपका साथै ज्याला पाउँदा निकै खुसी लागेको सिवाको भनाइ छ । उनीजस्तै ताप्लेजुङका ३०० जना महिला प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विकास निर्माणमा प्रत्यक्ष काम गर्दै आएका छन् । सिरिजंघा गाउँपालिका–३ का लीला गौतमले गत आइतवार आफ्नै नाममा खोलेको बैंक खाताबाट पैसा निकालेको पहिलोपटक हो । गौतमले भनिन्, ‘म अहिले २६ वर्ष पुगेँ, मैले कुनै बैंकमा खाता खोलेको थिइनँ । प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भयो । बैंकमा खाता खोल्नुपर्छ भनेपछि गाउँपालिकामा रहेको बैंकमा खाता खोले । आज पहिलो महीनाको तलब रू. १७ हाजर बैंकबाट निकालेँ ।’ उनी मात्र होइन, सिरिजंघा गाउँपालिकाका ६३ महिलाले आइतवार पहिलो माहीनाको तलब निकासा गरेका छन् ।  सिरिजंघा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवेदनमा परेकामध्ये २१२ जना रोजगारीका लागि छनोटमा परेका छन् । तीमध्ये ६३ महिला रहेको सिरिजंघा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक हिमाल तिमिल्सिनाले बताइन् ।  ताप्लेजुङको नौ स्थानीय तहमा ३०० महिला अहिले बाटो निर्माण, सिँचाइ, कुलो मर्मतमा सक्रियरूपमा दैनिक काम गर्न आएका छन् ।  सिदिङवा गाउँपालिकामा २२० पुरुष र  ५३ महिलाले रू. ५१७ का दरले दैनिक ज्यालामा सय दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार  पाइरहेको सिदिङवा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक फूलमाया पन्दाकले बताइन् ।  यसैगरी मेरिङदेन गाउँपालिकामा २६२ पुरुष र ६१ जना महिलाले रोजगारी पाएका छन् । मैवाखोलामा २१२ पुरुष र ६१ महिला, सिरिजंघा गाउँपालिकामा २०८ पुरुष र ६३ जना महिला, पाथीभरायाङवरक गाउँपालिकामा २५६ पुरुष र ६६ जना महिलाले रोजगारी पाएका छन् ।  त्यस्तै, फक्ताङलुङ गाउँपालिकामा १२७ जनाले रोजगारी पाएका छन् । फुङ्लिङ नगरपालिकामा ११२ महिला र १६८ पुरुषाले रोजगारी पाएको फुंलिङ नगरपालिकाका रोजगार संयोजक सरिता लिङदेनले बताइन् ।  प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण कार्यमा महिलाको सहभागिता हुन पाउँदा खुशी लागेको फुंलिङ गाउँपालिका–९ का हरिकला गुरुङले बताइन् । विगतमा पुरुषमात्र निर्माण कार्यमा जाने, महिला घरकै काममा दिन बिताउने गरेकामा पछिल्लो समय महिलाले विस्तारै स्वरोजगार बन्दै गएको सिरिजंघा गाउँपालिका रोजगार संयोजक हिमाल तिमिल्सिनाले बताए । रासस

सम्बन्धित सामग्री

महिलाको नेतृत्व, महिलाकै सहभागिता

बागलुङ । प्राय: विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानी न्वाराघाटदेखि सृजनाटोल जोड्ने पदमार्ग निर्माणमा महिलाको उत्साहपूर्ण सहभागिता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रू. तीन लाख ९२ हजार ९६६ को लागतमा आकर्षक पदमार्ग तयार गरिएको हो । राङखानीको पर्यटकीय क्षेत्र हात्तीढुङ्गा जोड्ने लक्ष्यका साथ निर्माण गरिएको पदमार्गले स्थानीयवासीलाई पैदल यात्रामा सहजता थपेको छ । विशेषगरी वर्षातको समयमा साँघुरो गोरेटोमा यात्रागर्दा चिप्लने डर थियो । साना बालबच्चालाई हिँड्न निकै कठिन रहेको गोरेटोलाई सुधार गरी चाक्लो, सिँढी र सोलिङ गरी पैदलमार्ग तयार गरेको न्वाराघाट सृजना टोल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष खिमकुमारी थापाले जानकारी दिइन् । उक्त पदमार्ग निर्माणपछि हात्तीढुङ्गासँगै मन्दिर जाने धार्मिक पर्यटकलाई पनि सहयोग पुगेको छ । उक्त पदमार्ग निर्माणको लागि उपभोक्ता समिति गठन गर्न भेला बोलाउने, बैठक सञ्चालन तथा बैठकमा निर्णय लेख्नेदेखि उपभोक्ता समितिको नेतृत्व र विकास निर्माणमा कामदारको रूपमा स्थानीय महिलाको सहभागिता थियो । उपभोक्ता समितिमा सबै महिला सदस्य मात्रै छन् । पदमार्ग निर्माण गर्दा पनि कामदार महिला नै थिए । विशेष गरी सोलिङ र सिँढी निर्माण गर्न स्थानीय २/४ जना सिपालु पुरुषले सहयोग गरेपनि पैदलमार्ग चाक्लो बनाउने, खोलामा ढुंगा फोड्ने, छपनी निकाल्ने, ढुंगा बोक्ने तथा सिँढी र सोलिङ गर्न पनि महिलानै अघि बढेको अध्यक्ष थापाको भनाइ छ । ‘हामीले ढुंगा फोड्न घन पनि हान्यौं, छिनो पनि समात्यौं,’ अध्यक्ष थापाले भनिन्, ‘महिलाले अवसर पाए विकास निर्माणको काम पनि गर्न सक्छौं ।’ जैमिनी नगरपालिकाले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १२ वटा योजना सञ्चालन गरेको छ । १२ योजनामध्ये ६ योजनाको नेतृत्वमा महिला रहेको रोजगार संयोजक सुरेश पुनले बताए । महिला नेतृत्वमा रहेको योजनामा तोकिएको समयमै काम सम्पन्न भएको संयोजक पुनको भनाइ छ । उनीहरूले दैनिक ६५६ रुपैयाँ पारिश्रमिक पाउँछन् । रासस

तस्वीर : बच्चा बोकेर श्रमदान गर्दै महिला

म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङकी रिता र ममसरा बिक पिठ्यूमा बच्चा बोकेर गाउँमा निर्माणाधीन सडक आयोजनामा श्रमदान गर्दै । गाउँका धेरै पुरुष विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ । तस्वीर : रासस

शिक्षा, सामाजिक विकास र महिला अभिप्रेरणामा विद्या

नेपालको संविधान २०७२ ले राज्यका हरेक तहमा समानुपातिक र समावेशी प्रतिनिधित् सुनिश्चित गर्न विभिन्न वर्ग, समुदाय र क्षेत्रका लागि आरक्षणको व्यवस्था गरेको छ । संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ तापनि यसको पालना हुन सकेको छैन । अझ राष्ट्रिय राजनीतिमा महिलाको सहभागिता उल्लेखनीय र सक्रियतापूर्वक हुन सकेको छैन । महिला सहभागितालाई मान्य …

महिला उद्यमशीलता विकासका लागि चेम्बरको आयोजनामा तालिम

२६ असार, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सुरु गरेको छ । उद्यमशीलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा …

महिला उद्यमशिलता विकासका लागि चेम्बरको अभिमुखीकरण

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सुरू गरेको छ ।उद्यमशिलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो । चेम्बरले पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा विधामा महिलालाई तालिम दिने छ ।तालिमको उद्घाटन गर्दै […]

महिला उद्यमशिलता विकासका लागि शसक्तीकरण कार्यक्रम

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तीकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।  पहिलो चरणमा पाक कला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ

राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

नेपालको संविधानले मुलुकका सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चितता गर्न विभिन्न व्यवस्था गरे पनि अझै सबै क्षेत्रमा आवश्यक मात्रामा महिला सहभागिता हुन नसकेकाले राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ । दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिता’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको हो …

शेयर बजारमा महिला सहभागिता बढ्दो

फागुन २४, काठमाडौं । पछिल्लो समय शेयर बजारमा महिलाको सहभागिता बढ्दै गएको छ । हरेक कम्पनीको साधारणसभादेखि ब्रोकर कार्यालयमा महिलाको उपस्थिति बढ्दो छ । केही वर्ष अघिसम्म प्राथमिक बजारमा मात्र महिलाको आकर्षण रहेकोमा अहिले दोस्रो बजारमा पनि उल्लेख्य छ । कोभिडको मध्य समयमा पेशा/व्यवसाय बन्द हुँदा पनि शेयर बजार भने खुला भएको थियो । उक्त समयमा अन्य व्यवसाय गरिरहेका महिला समेत यस क्षेत्रमा आकर्षित भएका थिए । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार हाल डिम्याट खाताको संख्या ५० लाख २८ हजार रहेको छ । यसमध्ये महिलाको नाममा खोलिएका डिम्याट खाताको संख्या २१ लाख ३७ हजार छ । यो तथ्यांकबाट पनि शेयर बजारमा महिलाको सहभागिता बढेको देखिन्छ । विशेषगरी परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेका महिलाले शेयरमा लगानी गर्ने गरेको एक शेयर विश्लेषकले बताए । पढेलेखेका र जागीरे महिला मात्र नभएर सर्वसाधारण गृहिणी समेत दोस्रो बजारमा आउन थालेका छन् । यसमा प्रविधिको विकास र विस्तारले झनै सजिलो भएको छ । अनलाइनमार्फत घरबाटै शेयर बजारमा कारोबार गर्न सकिने सुविधाले पनि यस क्षेत्रमा आउने महिलाहरू बढेका हुन् । पछिल्लो दुई वर्ष अवधिमा नयाँ नयाँ बीमा कम्पनी, जलविद्युत् कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लगायतले आईपीओ निष्कासन गरे । शेयर बजारमा महिलाको सहभागिता बढाउन यी कम्पनीको आईपीओ पनि सहयोगी बन्यो । लगानीकर्तालाई निफ्राको शेयर ६० कित्तासम्म परेको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ६ सयभन्दा बढी पुगेको थियो । यसले गर्दा पनि शेयर बजारमा लगानी गर्न महिलाहरू आकर्षित भएका छन् । अनलाइनबाटै कारोबार गर्नुहोस् सरिता विष्ट प्रबन्ध निर्देशक, लिन्चस्टक मार्केट पछिल्लोे समय शेयरमा लगानी गर्ने महिला दिदीबहिनीको संख्या बढ्दो देखिन्छ । उहाँहरू पहिले आईपीओ मात्र भर्नुहुन्थ्यो । अहिलो दोस्रो बजारमा कारोबार गर्नेहरू पनि धेरै हुनुहुन्छ । अनलाइन प्रणाली सञ्चालनमा आएपछि धेरैजसोले सोही माध्यमबाट शेयर खरीदविक्री गर्नुहुन्छ । सकेसम्म अनलाइन प्रविधिबाट शेयर कारोबार गर्न अनुरोध गर्दछु । कोभिडका कारण ब्रोकरकहाँ गएर कारोबार गर्ने सहज वातावरण नभएकाले पनि धेरैजसोले अनलाइनबाटै शेयर खरीदविक्री गर्नुहुन्छ, जुन राम्रो अभ्यास हो । शेयर बजारमा उपत्यका बाहिर पनि महिलाको आकर्षण बढ्दो छ सोनम पाठक बुटवल शाखा प्रबन्धक, लिन्चस्टक मार्केट पछिल्लो समय शेयर बजारमा उपत्यका बाहिर पनि महिलाको आकर्षण बढ्दै गएको छ । धेरैजसो महिला जोखिम व्यवस्थापन गरेरै लगानी गर्नुहुन्छ । शेयर कारोबार गर्नेमा धेरैजसो जागीरे महिला हुनुहुन्छ । जागीरबाट अवकाश लिएका महिला भने समयको सदुपयोग गर्न, बुभ्mनरसिक्न ब्रोकर कार्यालय आउनुहुन्छ । नयाँ नयाँ कम्पनीको आईपीओ आइरहेकाले शेयर बजारमा लगानी गर्ने महिलाको संख्या थप बढ्ने देखिएको छ ।  शेयर बजारमा आउने महिलालाई पारिवारिक साथ चाहिन्छ अञ्जु श्रेष्ठ, लगानीकर्ता यो क्षेत्रमा आउन महिला दिदीबहिनीलाई पारिवारिक साथ–सहयोग चाहिन्छ । आवश्यक जानकारी नलिई अरूको लहैलहैमा लागेर कारोबार गर्दा बढी जोखिम हुन्छ । त्यसैले शेयर बजारबारे आधारभूत ज्ञान लिएर मात्र लगानी गर्न आग्रह गर्दछु । अहिले प्रविधिको सुविधाले अहिले घरमै बसी बसी कारोबार गर्न सकिने भएको छ । राम्ररी अध्ययन, विश्लेषण गरेर शेयर बजारमा लगानी गर्दा तुलनात्मक रूपमा बढी लाभ लिन सकिन्छ ।

अचार बनाउने तालिम सुरु

म्याग्दी सदरमुकाम बेनीमा अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोमबारदेखि महिलालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । आगामी पाँच दिनसम्म सञ्चालन हुने तालिममा ८५ जना महिलाको सहभागिता रहेको छ ।

स्वास्थ्य बिमा गर्नेमा महिला धेरै - Karobar National Economic Daily

काठमाडौंः सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा महिलाको सहभागिता उत्साहजनक देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको पछिल्लो तथ्यांकअनुसार स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सदस्यमध्ये ५३ प्रतिशत महिला छन् ।…