महिलाको नेतृत्व, महिलाकै सहभागिता

बागलुङ । प्राय: विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानी न्वाराघाटदेखि सृजनाटोल जोड्ने पदमार्ग निर्माणमा महिलाको उत्साहपूर्ण सहभागिता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रू. तीन लाख ९२ हजार ९६६ को लागतमा आकर्षक पदमार्ग तयार गरिएको हो । राङखानीको पर्यटकीय क्षेत्र हात्तीढुङ्गा जोड्ने लक्ष्यका साथ निर्माण गरिएको पदमार्गले स्थानीयवासीलाई पैदल यात्रामा सहजता थपेको छ । विशेषगरी वर्षातको समयमा साँघुरो गोरेटोमा यात्रागर्दा चिप्लने डर थियो । साना बालबच्चालाई हिँड्न निकै कठिन रहेको गोरेटोलाई सुधार गरी चाक्लो, सिँढी र सोलिङ गरी पैदलमार्ग तयार गरेको न्वाराघाट सृजना टोल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष खिमकुमारी थापाले जानकारी दिइन् । उक्त पदमार्ग निर्माणपछि हात्तीढुङ्गासँगै मन्दिर जाने धार्मिक पर्यटकलाई पनि सहयोग पुगेको छ । उक्त पदमार्ग निर्माणको लागि उपभोक्ता समिति गठन गर्न भेला बोलाउने, बैठक सञ्चालन तथा बैठकमा निर्णय लेख्नेदेखि उपभोक्ता समितिको नेतृत्व र विकास निर्माणमा कामदारको रूपमा स्थानीय महिलाको सहभागिता थियो । उपभोक्ता समितिमा सबै महिला सदस्य मात्रै छन् । पदमार्ग निर्माण गर्दा पनि कामदार महिला नै थिए । विशेष गरी सोलिङ र सिँढी निर्माण गर्न स्थानीय २/४ जना सिपालु पुरुषले सहयोग गरेपनि पैदलमार्ग चाक्लो बनाउने, खोलामा ढुंगा फोड्ने, छपनी निकाल्ने, ढुंगा बोक्ने तथा सिँढी र सोलिङ गर्न पनि महिलानै अघि बढेको अध्यक्ष थापाको भनाइ छ । ‘हामीले ढुंगा फोड्न घन पनि हान्यौं, छिनो पनि समात्यौं,’ अध्यक्ष थापाले भनिन्, ‘महिलाले अवसर पाए विकास निर्माणको काम पनि गर्न सक्छौं ।’ जैमिनी नगरपालिकाले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १२ वटा योजना सञ्चालन गरेको छ । १२ योजनामध्ये ६ योजनाको नेतृत्वमा महिला रहेको रोजगार संयोजक सुरेश पुनले बताए । महिला नेतृत्वमा रहेको योजनामा तोकिएको समयमै काम सम्पन्न भएको संयोजक पुनको भनाइ छ । उनीहरूले दैनिक ६५६ रुपैयाँ पारिश्रमिक पाउँछन् । रासस

सम्बन्धित सामग्री

महिलाको नेतृत्व र महिलाकै सहभागिता

प्रायः विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ । बागलुङको जैमिनी नगरपालिका–१०, राङखानी, न्वाराघाटदेखि सिर्जनाटोल जोड्ने पदमार्ग निर्माणमा महिलाको उत्साहपूर्ण सहभागिता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु. ३ […]

‘गठबन्धनले महिला सहभागिता खोसियो’

७ फागुन, सुर्खेत । २०७४ सालको निर्वाचनको तुलनामा गत ३० वैशाखमा भएको निर्वाचनमा महिला नेतृत्व कम छानिए । यसको प्रमुख कारण दलहरुबीचको गठबन्धन भएको जनप्रतिनिधि र विज्ञहरुले बताएका छन् । कर्णाली उत्सवको ‘समावेशी शासन’ सत्रमा वक्ताका रुपमा सहभागी राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले गठबन्धनकै कारण अघिल्लो निर्वाचनको तुलनामा अहिले स्थानीय तहमा महिलाको नेतृत्व कम भएको […]

प्रमुख पदमा महिलालाई उम्मेदवारी दिने प्रतिबद्धता

झापा जिल्लामा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा महिलाको नेतृत्व स्थापित गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएका छन् । नारी सञ्चारगृह झापाले आशन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘प्रमुख पदमा महिला सहभागिता र राजनीतिक दलको भूमिका’ विषयक अन्तक्र्रियामा दलहरुले सो प्रतिबद्धता जनाएका हुन् । अन्तरक्रियामा नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीले चार वटा पालिकामा महिलालाई …

महिलाको नेतृत्व, महिलाकै सहभागिता

प्रायः विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ ।

प्रशासनिक नेतृत्वमा महिला

पछिल्लो समय राज्यको नीति निर्माण तहमा महिलाको सङ्ख्या उल्लेखनीय रूपले बढ्न थालेको छ । राज्यले महिलालाई विश्वास गरेर निर्णायक तहबाट हुने कार्यको जिम्मेवारी दिन थालेपछि प्रशासनमा महिलाको नेतृत्व स्थापित हुँदै गएको हो । निजामती सेवाको उच्च तहमा उत्साहजनक रूपले सहभागिता नबढे पनि सबै तहको सङ्ख्या हेर्दा यस क्षेत्रमा महिलाको आकर्षण भने सन्तोषजनक रहेको छ । सो स्थानमा पुगेका महिलाले उत्कृष्ट कार्यसम्पादन गरेर राज्यको हितका लागि योगदान दिएका पनि छन् ।