शेयर बजारमा महिला सहभागिता बढ्दो

फागुन २४, काठमाडौं । पछिल्लो समय शेयर बजारमा महिलाको सहभागिता बढ्दै गएको छ । हरेक कम्पनीको साधारणसभादेखि ब्रोकर कार्यालयमा महिलाको उपस्थिति बढ्दो छ । केही वर्ष अघिसम्म प्राथमिक बजारमा मात्र महिलाको आकर्षण रहेकोमा अहिले दोस्रो बजारमा पनि उल्लेख्य छ । कोभिडको मध्य समयमा पेशा/व्यवसाय बन्द हुँदा पनि शेयर बजार भने खुला भएको थियो । उक्त समयमा अन्य व्यवसाय गरिरहेका महिला समेत यस क्षेत्रमा आकर्षित भएका थिए । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार हाल डिम्याट खाताको संख्या ५० लाख २८ हजार रहेको छ । यसमध्ये महिलाको नाममा खोलिएका डिम्याट खाताको संख्या २१ लाख ३७ हजार छ । यो तथ्यांकबाट पनि शेयर बजारमा महिलाको सहभागिता बढेको देखिन्छ । विशेषगरी परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेका महिलाले शेयरमा लगानी गर्ने गरेको एक शेयर विश्लेषकले बताए । पढेलेखेका र जागीरे महिला मात्र नभएर सर्वसाधारण गृहिणी समेत दोस्रो बजारमा आउन थालेका छन् । यसमा प्रविधिको विकास र विस्तारले झनै सजिलो भएको छ । अनलाइनमार्फत घरबाटै शेयर बजारमा कारोबार गर्न सकिने सुविधाले पनि यस क्षेत्रमा आउने महिलाहरू बढेका हुन् । पछिल्लो दुई वर्ष अवधिमा नयाँ नयाँ बीमा कम्पनी, जलविद्युत् कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लगायतले आईपीओ निष्कासन गरे । शेयर बजारमा महिलाको सहभागिता बढाउन यी कम्पनीको आईपीओ पनि सहयोगी बन्यो । लगानीकर्तालाई निफ्राको शेयर ६० कित्तासम्म परेको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ६ सयभन्दा बढी पुगेको थियो । यसले गर्दा पनि शेयर बजारमा लगानी गर्न महिलाहरू आकर्षित भएका छन् । अनलाइनबाटै कारोबार गर्नुहोस् सरिता विष्ट प्रबन्ध निर्देशक, लिन्चस्टक मार्केट पछिल्लोे समय शेयरमा लगानी गर्ने महिला दिदीबहिनीको संख्या बढ्दो देखिन्छ । उहाँहरू पहिले आईपीओ मात्र भर्नुहुन्थ्यो । अहिलो दोस्रो बजारमा कारोबार गर्नेहरू पनि धेरै हुनुहुन्छ । अनलाइन प्रणाली सञ्चालनमा आएपछि धेरैजसोले सोही माध्यमबाट शेयर खरीदविक्री गर्नुहुन्छ । सकेसम्म अनलाइन प्रविधिबाट शेयर कारोबार गर्न अनुरोध गर्दछु । कोभिडका कारण ब्रोकरकहाँ गएर कारोबार गर्ने सहज वातावरण नभएकाले पनि धेरैजसोले अनलाइनबाटै शेयर खरीदविक्री गर्नुहुन्छ, जुन राम्रो अभ्यास हो । शेयर बजारमा उपत्यका बाहिर पनि महिलाको आकर्षण बढ्दो छ सोनम पाठक बुटवल शाखा प्रबन्धक, लिन्चस्टक मार्केट पछिल्लो समय शेयर बजारमा उपत्यका बाहिर पनि महिलाको आकर्षण बढ्दै गएको छ । धेरैजसो महिला जोखिम व्यवस्थापन गरेरै लगानी गर्नुहुन्छ । शेयर कारोबार गर्नेमा धेरैजसो जागीरे महिला हुनुहुन्छ । जागीरबाट अवकाश लिएका महिला भने समयको सदुपयोग गर्न, बुभ्mनरसिक्न ब्रोकर कार्यालय आउनुहुन्छ । नयाँ नयाँ कम्पनीको आईपीओ आइरहेकाले शेयर बजारमा लगानी गर्ने महिलाको संख्या थप बढ्ने देखिएको छ ।  शेयर बजारमा आउने महिलालाई पारिवारिक साथ चाहिन्छ अञ्जु श्रेष्ठ, लगानीकर्ता यो क्षेत्रमा आउन महिला दिदीबहिनीलाई पारिवारिक साथ–सहयोग चाहिन्छ । आवश्यक जानकारी नलिई अरूको लहैलहैमा लागेर कारोबार गर्दा बढी जोखिम हुन्छ । त्यसैले शेयर बजारबारे आधारभूत ज्ञान लिएर मात्र लगानी गर्न आग्रह गर्दछु । अहिले प्रविधिको सुविधाले अहिले घरमै बसी बसी कारोबार गर्न सकिने भएको छ । राम्ररी अध्ययन, विश्लेषण गरेर शेयर बजारमा लगानी गर्दा तुलनात्मक रूपमा बढी लाभ लिन सकिन्छ । 

सम्बन्धित सामग्री

कांग्रेस बैठक : ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग

ललितपुर – ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी महिला प्रतिनिधिले पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । सम्मेलन केन्द्रमा भएको समूहगत छलफलमा सहभागी महिला प्रतिनिधिले पार्टीभित्र महिला सहभागिता सुनिश्चित गर्न माग गरेका हुन् । बैठकमा धारणा राख्दै स्याङ्जाकी महासमिति सदस्य कल्पना तिवारीले मुलुकमा ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या रहेको […]

नेपालमा महिला सहभागिता उल्लेखनीय: उपसभामुख रानामगर

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताएकी छिन्।...

चुनावमा महिला सहभागिता कम भयो : ओनसरी घर्ती

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) की नेत्री ओनसरी घर्तीले चुनावमा महिला सहभागिता बढाउन जोड दिनुपर्ने बताउनुभएको छ ।  वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाण्डाै क्षेत्र नम्बर–२ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट काठमाण्डाै २ की उम्मेदवारसमेत रहनुभएकी नेत्री घर्तीले यस्तो बताउनुभएको हो । उहाँले महिलाहरू विभिन्न आन्दोलन र लडाइँका मोर्चामा अग्रपङ्क्तिमा रहेर काम गरे पनि अन्य क्षेत्रमा उनीहरूकाे प्रतिनिधित्व कम भएको गुनासो गर्नुभयो । चुनावमा पनि महिला सहभागिता कम भएको र...

आगामी निर्वाचनमा महिला सहभागिता बढाउन आग्रह

काठमाडौं । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । ‘शासन व्यवस्था र लोकतन्त्र बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने’ सभामुख सापकोटाको जोड छ । ‘आगामी संघ र प्रदेशसभा […] The post आगामी निर्वाचनमा महिला सहभागिता बढाउन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

खेलकुदमा महिला सहभागिता बढाउन जोड

जुम्ला – खेलका माध्यमबाट महिला सशक्तिकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ। महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारीस्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए। उनीहरूले अझै पनि नेतृत्व तहमा महिलाको उपस्थिति एकदमै न्युन रहेको बताए। ठूला खेलकुद प्रतियोगिता आयोजनामा महिलाको सहभागीता […]

राष्ट्रपति महिला सहभागिता अभिवृद्धि कार्यक्रम २१ जिल्लामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ।...

रसुवाको पालिका प्रमुखमा महिला सहभागिता शून्य

रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको  छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको पाँच वटा स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको हो । २०७४ को स्थानीय तहको पहिलो निर्वाचनमा जिल्लाको कालिका गाउँपालिकाको प्रमुखमा एक जना मात्र महिला प्रमुख बनेकी थिइन् । गएको वैशाख ३० गते भएको निर्वाचनमा दुई वटा पालिकामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए । नौकुण्ड गाउँपालिकाबाट नेकपा एमालेले पालिका प्रमुखमा सिर्जना लामालाई उम्मेदवार बनाएको थियो । उत्तरगया ग

प्रदेश २ मा पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि महिला सहभागिता शून्य

प्रदेश २ सरकार पाँचौ पटक विस्तार हुदाँ पनि मन्त्रिपरिषदमा महिला सहभागिता शून्य रहेकाे छ। आइतबार बिहान दुई मन्त्रीसहित नेकपा एकिकृत समाजवादी (नेकपा एस)पार्टी प्रदेश २ सरकारमा सहभागि भएको छ। तर...

एक तिहाई महिला सहभागिता गराउलान दलहरुले

संविधानतः राजनीतिक दलको नेतृत्वमा महिला सहभागिता ३३ प्रतिशत अनिवार्य हुनुपर्ने हो तर दलहरुमा महिला सहभागिता न्यून छ । अहिले शीर्ष दलहरु महाधिवेशनको तयारीमा रहेका बेला महिलालाई पदाधिकारीसहित एक तिहाई सहभागिताको माग गरिएको छ । दलहरु नयाँ नेतृत्व चयनको कसरतमा लागिरहेका बेला अन्तरपार्टी महिला सञ्जालले निर्वाचन ऐन एवं नेपालको संविधानको पूर्णरुपमा पालना गर्न सम्पूर्ण दलको ध्यानाकर्षण …

काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग

नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन् । लोकतान्त्रिक सचेतना अभियानले आज यहाँ आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तक्र्रियामा नेताहरुले वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्ने बताएका हुन् । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसभित्र वडा तहदेखि केन्द्रसम्म नै महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताए । उनले महिला क्षमतावान र सक्षम भएपनि नेतृत्वका लागि पार्टीभित्रब...