सरकार गठन भएको ५० दिन पुगिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलहरूसँग छलफल तीव्र बनाएका छन् । तर मन्त्रालयका विषयमा भागबण्डा नमिल्दा कहिले मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफल पुनः बस्ने गरी सकिएको नेताहरूले बताएका छन् । सो बैठकमा उपेन्द्र यादव र माधव नेपालको पार्टीको मालदार मन्त्रालयका विषयमा गलफतीसँगै काँग्रेसले समे