सरकारी दुई कम्पनीबाट २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्न बन्द
सरकारी दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा खाद्यान्न तथा ग्यास बिक्री बन्द गरेका छन् । सरकारको निर्देशनअनुसार १८ दिन सहुलियत मूल्यमा खाद्यान्न...
लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु थापाले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नं. ५५ मा उल्लेख भए बमोजिम उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको र […]
खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय झापाले सहुलियत दरमा चामल बिक्री गरिरहेको छ । सरकारले बजेट भाषणमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेसँगै चामल बिक्री गरिएको कार्यालयले जनाएको छ । कार्यालयले जेठ २१ गतेदेखि चामल बिक्री गर्न थालेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरिरहेको उनले जानकारी दिए । कार्यालयले १ हजार ४१० रुपैयाँ वास्तविक मूल्य रहेको प्रति ३० केजी दरको अरुवा सोना मन्सुली चामल १ हजार १२
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले भीड बढेको भन्दै जुम्लामा खाद्यान्न बिक्री वितरण रोकेको छ ।
लिमिटेडका जुम्ला शाखा प्रमुख तिलक सुनारले एक सूचना जारी गर्दै भीड बढेको भन्दै अनिश्चित कालका लागि बिक्री वितरण रोक स्थगित गरिएको जनाएका छन् ।
लिमिटेडले जेठ २० देखि २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्दै आएकोमा सेवाग्राहीको अत्याधिक तथा अनियन्त्रित भीड भएको सूचनामा उल्लेख गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कालीकोटमा अनुदानको चामल लिनेको भीड थेग्न नसक्ने गरी बढेको छ । नेपाल सरकारले निषेधाज्ञाको अवधिमा राहतस्वरूप २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेपछि लिमिटेड शाखामा सर्वसाधारणको भीड बढेको हो ।
२१ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत निषेधाज्ञामा उपभोक्ताका लागि घोषणा गरेको सहुलियत भण्डै एक सातापछि प्रारम्भिक रुपमा कार्यान्वयनमा आएको छ । निषेधाज्ञा अवधिभर उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने अर्थमन्त्रीको घोषणा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले कार्यन्वयन सुरु गरेका हुन् । तर समस्या के छ भने निषेधाज्ञाको […]