नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली काँग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान नसक्ने बताएका छन् । नुवाकोट जिल्लाको लिखु ४ अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण समारोहमा बोल्दै प्रवक्ता डा.महतले २०४६ सालमा लोकतान्त्रिक व्यवस्थाको पुनर्बहाली भएपछि नेपाली काँग्रेसले लिएका उदारवादी नीतिहरूले गर्दा देशमा शिक्षा,स्वास्थ्य,बाटोघाटो,खानेपानी र बिजुलीको क्षेत्रमा विकास भएको पनि उल्लेख गरेका हुन् ।कम्युनिष्ट पार्टीहरूले काम है