१, घृणालाई घृणाले जित्दैन, जित्नै सक्दैन । यो भनेको आगोलाई आगोले जित्न खोज्नुजस्तै हो । यदि घृणालाई जित्ने हो भने प्रेमको बाटो अप्नाउनुपर्छ । त्यस्तै असमझदारीलाई असमझदारीले जित्न सक्दैन । यो भनेको रिसलाई रिसले जित्न खोज्नु जस्तै हो । यदि असमझदारीलाई जित्ने हो भने समझदारी र सद्भावको बाटोमा जानुपर्छ । गौतम बुद्ध २, भगवान् सर्वव्यापी छन्, हुन्छन् तर कतिपय मानिस उनलाई विश्वास नगरी उनीबाहेकका कुरामा विश्वास गरिरहेका हुन्छन् । यही नै दुर्भाग्य हो । किनभने जसले भगवान्मा विश्वास गर्दैन उसले आ