कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभीरमा पक्की रेलिङ निर्माण गरिएको छ। सो स्थानमा गत असोज २५ गते यात्रुवाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात विद्यार्थी र चालकसहित आठको मृत्युपछि दुर्घटना न्यूनीकरण गर्न रेलिङ निर्माण गरिएको हो। पर्यटकीय घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने सो सडकको कलाभीरमा दुर्घटनाको जोखिम कायमै रहेकाले लामा […]