वडाध्यक्ष र पूर्वजनप्रतिनिधिकै नाममा सडकको नामाकरण

दोलखाको शैलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सडकको नामाकरण वडाध्यक्ष र पूर्वजनप्रतिनिधिको नामबाट गरेको छ । गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको नवौं गाउँसभाले पाँचौं नीति तथा कार्यक्रममा नै सडकको नामाकरण गरेको हो । केही सडकको त यसअघि नै नामाकरण गरेर पनि पुनः नामाकरण गरेको हो । आफूखुसी वर्तमान जनप्रतिनिधिले सडकमार्गको नामाकरण गरेपछि सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि देखिएको छ […]