दुर्गम र पिछडिएको पगरी गुथाइएको जाजरकोटलाई तीन वटा ठूला सडकले बीचमा पारेको छ । छिन्चु–जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकको बीचमा जाजरकोट रहेको छ । यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ । जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र रहेको ८३ किलोमिटर सडकको कामसमेत जारी रहेको छ । यो सडक खण्डभित्र रहेको सर्वाधिक कठिन ठाउँ मन्ताभिरमा समेत ‘ट्र्याक’ खोल्ने