काठमाडौं : राष्ट्रियसभा सदस्य बामदेव गौतमले नागरिकता विधेयकमा राष्ट्रपतिले पठाएको सन्देश सान्दर्भिक रहेको बताएका छन्। नागरिकता विधेयकबारे राष्ट्रियसभा बैठकमा जारी छलफलमा बोल्दै उनले राष्ट्रपतिको सन्देश पुनर्विचार गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए।‘राष्ट्रपतिले पठाएका हरेक सन्देश बेठिक छैनन्, तर प्रतिनिधिसभाले त्यसलाई बेवास्ता गरेर हुबहु पारित गरेको छ’, गौतमले भने, ‘अहिलेकै व्यवस्था राख्ने हो भने पनि राष्ट्रपतिका हरेक सन्देशको स्पष्ट जवाफ दिनुपर्दैन?’उ