टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा

काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै टोपबहादुर रायमाझीको सांसद पद स्वत: निलम्बनमा परेको छ।सांसद पुर्पक्षका लागि थुनामा गए निलम्बन हुने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७९ ले गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये रायमाझीसहित १६ जनालाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री रायमाझीसहित १६ जनालाई प

सम्बन्धित सामग्री

टोपबहादुरको सांसद पद के हुन्छ ?

बहालवाला सांसदसमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणको संगठित ठगी कसुरमा ३१ वैशाखमा काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परे । प्रहरी हिरासतमा रहेका रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा...

सांसद पद कायम राख्न भन्दै पूर्वमाओवादीका ४ नेता सर्वोच्चमा

काठमाडौं। आफ्नो सांसद पद कायम राखिदिन माग गर्दै पूर्व माओवादीका ४ नेता सर्वोच्च अदालत पुगेका छन्। आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै संसदको रुपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्। बुधबार छुट्टा–छ्ट्टै दर्ता गरिएको चारै जनाको रिटको ब्यहोरासमेत एउटै रहेको छ।

सांसद पद पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेता सर्वोच्चमा

काठमाडौं : पूर्वमाओवादीका चार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन्।टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गरेका हुन्। साविक नेकपाको एकता भंग भएपछि माओवादी छाडेर एमालेमै रहेपछि उनीहरुलाई माओवादीले पार्टीबाट कारवाही गरेको थियो।तर, उनीहरुले औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको दाबी गर्दै आफ्नो सांसद पद पुनर्बहाली गर्न माग गरेका छन्। नेता रायमाझीले अदालतमा पेश गरेको रिटमा भनिएको छ,

सांसद पद बिउँताइदिन माग गर्दै पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डाै – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनर्स्थापना गरिदिनुपर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीले उज्यालोलाई जानकारी दिनुभयो । माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमाले...

सांसद पद जोगाइदिन माग गर्दै टोपबहादुर पुगे सर्वोच्च, बिहीबार पेसी

नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । बुधबार सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रिट दर्ता गराएका हुन् । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।कारबाही भएको र सांसद पदबाट हट

प्रचण्डले सांसद पद खोसेपनि फेरि मन्त्री

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार नवनियुक्त मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी र शहरी विकासमन्त्री प्रभु साह शपथ ग्रहण  । नेकपा माओवादी केन्द्रले उनीहरुको सांसद पद खोसेपनि प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई फेरि मन्त्री बनाएका हुन् ।

सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति, आज बेलुका शपथ ग्रहण हुँदै

काठमाण्डाै – सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति भएको छ । मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शुक्रवार (आज) बेलुका ५ बजे फेरि शपथ ग्रहण गर्ने तयारी छ । राष्ट्रपति कार्यालय शितल निवासमा उहाँहरूको शपथका लागि तयारी गरिएको छ । उहाँहरूले यसअघिकै मन्त्रालय पाउनुभएको छ । रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ । सङ्घी...

माओवादी छाडेर एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज

काठमाण्डाै – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ । नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्याेगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराउनुभएको छ ।  गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र क...

माओवादीका ४ सांसदको पद गयो

केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए । सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई प