नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । बुधबार सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रिट दर्ता गराएका हुन् । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।कारबाही भएको र सांसद पदबाट हट