काठमाण्डाै – पहिलो विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । भारतलाई आठ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियनसिपको उपाधि जित्न सफल भएकाे हाे ।
इङ्ल्याण्डको साउथ ह्याम्प्टनमा भारतले दिएको एक सय ३९ रनको लक्ष्य न्युजिल्याण्डले दुई विकेट गुमाएर भेटायो । उसका लागि केन विलियम्सनले नटआउट ५२ र रोस टेलरले ४७ रन बनाए । यसअघि दोस्रो पालीमा भारत एक सय ७० रनमा अलआउट भएपछि न्युजिल्याण्डले सजिलो लक्ष्य पाएको थियो ।
भारतलाई थोरै रनमा अलआउट गर्न न्युजिल्याण्डका टिम साउथीले चार विकेट ल...