विश्व टेस्ट च्याम्पियनशिपमा पाकिस्तानले भारतलाई उछिन्यो

काठमाण्डाै – विश्व टेस्ट च्याम्पियनशिप क्रिकेटको तालिकामा पाकिस्तानले भारतलाई उछिनेको छ । इङ्ल्यान्डसँग भएको पाँचौँ टेस्टमा ढिलो ओभर बलिङ गरेबापत भारतको अङ्क खोसिएपछि पाकिस्तान भारतलाई पछि पार्दै तालिकाको तेस्रो स्थानमा पुगेको छ । भारत चौथो स्थानमा झरेको छ ।  ढिला ओभरका कारण भारतीय खेलाडीको 'म्याच फी' को ४० प्रतिशत रकम पनि कटौती गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।  भारतीय बलरले ढिलो बलिङ गर्दा दुई ओभर खेलिने बराबरको समय खेर गएको थियो । हिजो मङ्गलवार सकिएको भारतसँगक...

सम्बन्धित सामग्री

भारतलाई विश्व च्याम्पियन बन्न अष्ट्रेलियाको विशाल लक्ष्य

एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई उपाधि जित्न ४ सय ४४ रनको विशाल लक्ष्य दिएको छ । अष्ट्रेलियाले चौथो दिन दोस्रो सेसनमा दोस्रो इनिङ २७०-८ को समयमा समाप्तिको घोषणा गर्यो । पहिलो इनिङमा १ सय ७३ रनले पछि हुँदा समग्रमा ४ सय ४४ रनको विशाल लक्ष्य पाएको हो । अष्ट्रेलियाका […] The post भारतलाई विश्व च्याम्पियन बन्न अष्ट्रेलियाको विशाल लक्ष्य first appeared on Hamro Khelkud.

अष्ट्रेलियाको जितले भारतलाई फाइदा

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ मा दक्षिण अफ्रिकामाथि अष्ट्रेलिया जितले भारतलाई फाइदा पुगेको छ । द गाब्बा ब्रिसबेनमा दोस्रो दिनमै सकिएको टेस्ट खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भयो । त्यो अष्ट्रेलियाको जितले भारतलाई पनि ठूलो फाइदा पुगेको छ । अष्ट्रेलिया जितको एक घण्टा अगाडि भारतले बंगलादेशलाई १ सय ८८ रनको फराकिलो अन्तरले हराएको […]

भारतलाई आइसिसीले जरिवाना लगाउदा पाकिस्तानलाई फाइदा

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिपमा भारतले इंग्ल्यान्डसँगको खेलको क्रममा गल्ती गरेपछि त्यसको फाइदा पाकिस्तानलाई पुगेको छ । भारत मंगलबार इंग्ल्यान्डसँग पाँचौं टेस्ट खेलमा ७ विकेटले पराजित भयो । जसक्रममा भारतलाई स्वलो ओभर रेटको कारण दुई प्वाइन्ट घटाएपछि भारत चौथो स्थानमा पुगेको छ । भारतलाई जरिवाना लागेपछि पाकिस्तान तेस्रो स्थानमा उक्लिएको छ । भारतले निर्धारित […]

बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो

बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई  उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । ब

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई, भारत ८ विकेटले पराजित

काठमाण्डाै – पहिलो विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । भारतलाई आठ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियनसिपको उपाधि जित्न सफल भएकाे हाे । इङ्ल्याण्डको साउथ ह्याम्प्टनमा भारतले दिएको एक सय ३९ रनको लक्ष्य न्युजिल्याण्डले दुई विकेट गुमाएर भेटायो । उसका लागि केन विलियम्सनले नटआउट ५२ र रोस टेलरले ४७ रन बनाए । यसअघि दोस्रो पालीमा भारत एक सय ७० रनमा अलआउट भएपछि न्युजिल्याण्डले सजिलो लक्ष्य पाएको थियो । भारतलाई थोरै रनमा अलआउट गर्न न्युजिल्याण्डका टिम साउथीले चार विकेट ल...

भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो विश्व टेस्ट च्याम्पियनसिप

न्युजिल्यान्डले बुधबार भारतलाई छैटौँ दिन ८ विकेटले पराजित गरेर विश्व टेस्ट च्याम्पियनसिप जितेको छ ।

भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

बुधबार साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको विश्व टेष्ट च्याम्पियनसिपको उपाधि उचालेको हो।

विश्व टेस्ट च्याम्पियनसिप : फाइनल भीडन्त रोमाञ्चक

काठमाडाैं : विश्व टेस्ट च्याम्पियनसिप भीडन्त रोमाञ्चक बन्दै गएको छ।न्युजिल्यान्डले पाकिस्तान विरुद्धको पहिलो टेस्ट जितेसँगै फाइनल स्थानका लागि आफूलाई बलियो अवस्थामा पुर्‍याएको छ। प्रतियोगितामा भारतले अब दुई सिरिजबाट ६ खेल खेल्न बाँकी छ। यदि न्युजिल्यान्डले पाकिस्तानविरुद्धको सिरिज २–० ले नै जिते भारतलाई फाइनलका लागि दबाब बढ्ने छ।भारतले ६ मध्ये ३ टेस्ट जित्नुपर्ने दबाब छ। अहिलेको समीकरणलाई हेर्दा अस्ट्रेलिया, भारत र न्युजिल्यान्डमध्ये २ टिमले फाइनलमा स्थान बनाउने सम्भावना बलिय

रोमाञ्चक बन्दै विश्व टेस्ट च्याम्पियनशिप भिड्न्त

विश्व टेस्ट च्याम्पियनशिप भिड्न्त रोमाञ्चक बन्दै गएको छ। न्युजिल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेस्ट जितेसँगै फाइनल स्थानका लागि आफुलाई बलियो अबस्थामा पुर्याएको छ।प्रतियोगितामा भारतले अब दुई सिरिजबाट ६ खेल खेल्न बाँकी छ। यदि न्युजिल्यान्ड पाकिस्तानविरुद्धको सिरिज २-० ले नै जितेको खण्डमा भारतलाई फाइनलका लागि दबाब बढ्ने छ। भारतले ६ मध्ये ३ टेस्ट जित्नु पर्ने दबाब छ। अहिलेको समिकरणलाई हेर्दा अस्ट्रेलिया, भारत र न्युजिल्यान्ड मध्ये २ टीमले फाइनलमा स्थान बनाउने संभाबना बलियो बनेको छ।विश्व टेस्ट च्