पाँच कठ्ठा खेतमा लगाइएको गाँजाको बोट फडानी गरी नष्ट
प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका ८ चियाबारीमा अवैध रुपले लगाइएको करिब पाँच कठ्ठा खेतको गाँजा फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार धनगढीमाई नगरपालिका ८ चियाबारी...
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तर्गत गाँजाको बोट नष्ट गर्ने अभियान अनुसार धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ ।
सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका ५ को विभिन्न गाउँटोलको खेतबारी, करेसाबारीमा अवैध रुपले लगाइएको करिब पाँच कठ्ठा क्षेत्रफलको गाँजा फडानी गरी नष्ट गरेको छ ।
प्रहरी चौकी कर्जन्हाबाट प्रहरी सहायक निरीक्षक सुधिर...
लागूऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।
मोरङ – कोशी प्रदेशका विभिन्न जिल्लाभित्र साढे ३ हजार क्षेत्रमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ। विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार ०८०/८१ को कात्तिकसम्म उदयपुर, धनकुटा, खोटाङ र भोजपुरमा लगाइएको ३ हजार ५ सय ५४ रोपनी क्षेत्रफलमा खेती गरिएको लागुऔषध गाँजाको बोट फँडानी गरेको हो। यस क्रममा प्रहरीले १८ लाख ३० हजार ८ सय […]
सिरहा– सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरूपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलिले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो। गाँजा तयार हुनै नदिने नीतिअनुसार […]
सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरुपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो।गाँजा तयार हुन नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले बताए। उनले भने, ‘हामीले पाएको
लमजुङको बेसिशहरमा बुधबार गाँजा फडानी गरिएको छ । अस्थायी प्रहरी पोष्ट भकुन्डेबाट खटिएको प्रहरी टोलीले बेसिशहर नगरपालिका वडा नं २ बगाले गाउँमा गाँजाका बोट फडानी गरेको हो । त्यहाँ करीब ३०० वटा गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । गाँजा फडानी गर्न प्रहरीलाई स्थानीयहरुले समेत सहयोग गरेका थिए ।
सप्तरी- सप्तरीमा अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको प्रहरीले एक महिनामा ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ। मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको हो । अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै संख्यामा गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले […]
सिरहा- सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैध रुपमा खेतमा लागाएको गाँजा फडानी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मिर्चैया नपा ७, ८ र ९ नम्वर वडा र गोलबजार नपाको ७, ८ र १० नम्बर वडाको करिब १० विगाहा जमिनबाट ४५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी आगजनी गरेको हो । […]
महोत्तरी, २९ कात्तिक : महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरी गाउँपालिका-४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा-५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको […]