सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्ड अन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो ।यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व कायम भएका जग्गा र यसअघि मुआब्जा वितरण वा निर्धारण भएको भन्दा बढी जग्गा लगत कट्टा भई सरकारी स्वामित्व कायम भएको जग्गालाई जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा वितरण गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशा