काठमाडौं, १८ चैत्र । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको आजदेखि हुने तीन दिन भारत भ्रमण मुलुकको हितमा केन्द्रीत रहने जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए । मन्त्री कार्कीले अरुण जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छर्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा […]