चिचिला गाउँपालिका पुखुवामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस स्थलको काम एक सातादेखि ठप्प छ । प्रवेशमार्गको छयाङकुटी-पुखुवा सडक खण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । आफूहरूले पाँच वर्ष बित्दासमेत सडक खण्डको मुआब्जा नपाएको उनीहरूले दाबी गरेका छन् ।