काठमाडौं। मुलुक प्रादेशिक संरचनामा गएपछि प्रादेशिक स्तरमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तथ्यांक प्रकाशित हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सबैभन्दा बढी कुल गार्हस्थ्य उत्पादन भएको प्रदेश बागमती रहेको छ । नेपालको जीडीपीमा उक्त प्रदेशको हिस्सा ३६ दशमलव ८२ प्रतिशत रहेको छ । सबैभन्दा कम जीडीपी भएको प्रदेश कर्णाली रहेको छ । देशको जीडीपीमा उक्त प्रदेशको हिस्सा ४ दशमलव १२ प्रतिशत रहेको छ ।