नेपालमा आयआर्जन नगर्ने मध्ये करीब ४७% विद्यार्थी, सबैभन्दा धेरै जनसंख्या अहिले पनि कृषिमा

काठमाडौं । नेपालमा आय आर्जनमा संगलग्न नभएको जनसंख्या मध्ये करीब ४७ प्रतिशत विद्यार्थी भएको पाइएको छ । राष्ट्रिय जनगणनाअनुसार आर्थिक काममा संलग्न १ करोड ४९ लाख ८३ हजार ३१० जनसङ्ख्या छन् । त्यसमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव ३ प्रतिशत रहेका छन् । थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतमा १२ दशमलव पाँच प्रतिशत, निर्माणमा ८ दशमलव १ प्रतिशत, अन्य सेवामा ३ दशमलव ९ प्रतिशत, औद्योगिक उत्पादनमा ३ दशमलव ८ प्रतिशत जनसङ्ख्या संलग्न छन् । विद्यार्थी भएर आर्थिक काम नगर्नेको सङ्ख्या पनि उत्तिकै छ । १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिमध्ये सबैभन्दा धेरै ४६ दशमलव ९ प्रतिशत विद्यार्थी भएकाले आर्थिक काम नगरेको देखिन्छ । घरधन्दामा २१ दशमलव ९ प्रतिशत, वृद्धावस्थामा ११ प्रतिशत, पारिवारिक हेरचाह ७ दशमलव ५ प्रतिशत, अन्यमा ७ दशमलव ४ प्रतिशत, अशक्त बिरामी २ दशमलव ५ प्रतिशत, पेन्सन आयमा २ दशमलव २ प्रतिशत र सामाजिक कार्य र स्वयंसेवा शून्य दशमलव ३ प्रतिशत रहेको छ । घरेलु उद्योगमा पनि कर्णाली प्रदेश पछाडि मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने भए पनि यस्ता उद्योगमासमेत सङ्घीय राजधानी रहेको बागमती प्रदेशको हिस्सा नै बढी पाइएको छ । आर्थिकरूपमा पछाडि परेको कर्णाली प्रदेश घरेलु उद्योगमासमेत कमजोर अवस्थामा रहँदा बागमती प्रदेशको हिस्सा बढी रहेको राष्ट्रिय जनगणनाको पछिल्लो विवरणमा उल्लेख छ । देशभर कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ६ लाख २७ हजार ८८७ छन् । साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्ने परिवार ९ दशमलव ४ प्रतिशत रहेको छन् । साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्नेले सञ्चालन गरेका उद्योगको संख्या १ लाख ३७ हजार ६४४ छ । व्यापार व्यवसायमा ३ लाख १० हजार ६५१, यातायातमा ३४ हजार छ सय ६५६, सेवा क्षेत्रमा ६९ हजार १७७ र अन्य व्यवसायमा ७५ हजार ५५९ बराबर छ । साना घरेलु व्यवसायमध्ये मुख्यरूपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत उद्योग छन् । रासस

सम्बन्धित सामग्री

भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

नयाँ दिल्ली । भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिदैन् । जनसंख्या बृद्धिद अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको […] The post भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारत आउँदो वर्ष विश्वकै धेरै जनसंख्या भएको देश बन्ने संयुक्त राष्ट्रसंघको अनुमान

संयुक्त राष्ट्रसंघको एक रिपोर्टले आउँदो वर्ष भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने देखाएको छ । विश्व जनसंख्या दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले सार्वजनिक गर्नुभएको प्रतिवेदन अनुसार अहिले चीन पछि दोस्रो स्थानमा रहेको भारत आउँदो वर्ष जनसंख्यामा पहिलो नम्बरमा पुग्ने देखिएको हो । अहिले चीनको जनसंख्या १ अर्ब ४२ करोड रहेको छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड रहेको छ । यस्तै सन् २०५० मा भारतको जनसंख्या १ अर्ब ६६ करोड र चीनको भने जनसंख्या घटेर १ अर्ब ३१ करोडमा झर्ने अनुमान रहेको छ । यस्तै...

चीनलाई उछिनेर भारत बन्दैछ विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको  जनसंख्या ८ अर्ब हुनेछ । जनसंख्या बृद्धि अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको  राष्ट्रसंघले जनाएको छ । सन् २०८० सम्ममा १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ । तर, विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ । आगामी ३० वर्षमा हामीले देख्ने आधाभन्दा बढी जनसंख्या डेमोक्रेटिक र

चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश

नयाँ दिल्ली– भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिदैन् । जनसंख्या बृद्धिद अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको राष्ट्रसंघले […]

चिनियाँ जनसंख्या संकुचनको अर्थ

जनसांख्यिक रूपले संसारको सबैभन्दा ठूलो देश अहिले संकुचननजिक छ । विश्वको करिब १७ प्रतिशत मानिस चीनमा बस्छन् । चार दशकमा चीनको जनसंख्या ६६ करोडबाट बढेर एक अर्ब ४० करोड पुगेको तथ्यका बाबजुद...

घट्दो जनसंख्याबाट चिन्तित चीन, ३ बच्चा जन्माउनेलाई पुरस्कारै पुरस्कार

चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो । तर संसारमा सबैभन्दा धेरै जनसंख्या हुँदाहुँदै पनि चीन आफ्नो देशको घट्दो जनसंख्याबाट चिन्तित छ । कुनै समय जनसंख्या नियन्त्रणका लागि कडा कदम चालेको चीनको कम्युनिष्ट सरकारले अहिले जनसंख्या बढाउनका लागि विभिन्न खालका उपाय अपनाउन थालेका छ । चीनमा एक सन्तान नीति खारेज गरेर दुई सन्तान नीति […]

कुल जनसंख्याको सबैभन्दा धेरै मधेसमा, कम जनसंख्या गण्डकी प्रदेशमा

नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास रहेको देखिएको हो।  यस्तै सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।नेपालको कुल जनसंख्याक

अमेरिकी तथ्यांक ब्यूरो : विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो

विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ । जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब […]

विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो

विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ ।जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ । तीन वर्षपछि भारतले चीनलाई उछिन्नेब्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको

विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो, तीन वर्षपछि भारतले चीनलाई उछिन्ने

न्युयोर्क, १८ पुस । विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ । जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या […]