बागमतीको हिस्सा एकतिहाइ बढी हुने अनुमान

काठमाडौं । चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन संघीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एकतिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको आव २०७८÷७९ को प्रादेशिक कुल गार्हस्थउत्पादनसम्बन्धी अध्ययनअनुसार कुल गार्हस्थउत्पादनमा बागमती प्रदेशको हिस्सा ३६ दशमलव ९ प्रतिशत हुने अनुमान छ ।गत आवमा […]

सम्बन्धित सामग्री

यस वर्ष धनुषामा आँप उत्पादन बढ्ने अनुमान

जनकपुरधाम– हाल मौसममा देखिएको अनुकूलता तथा बढी मात्रमा आँपको रुखमा मञ्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले २३ हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ ।  जिल्लामा अघिल्लो आर्थिक […]

स्याउ बिक्रीबाट जुम्लामा ५० करोड भित्रिने अनुमान

जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झण्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आँकलन छ ।उत्पादन बढेसँगै स्याउ निर्यातबाट जुम्लामा झण्डै ५० करोड बढी आर्थिक आम्दानी हुने कृषि कार्यालयको अनुमान छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार […]

जापानको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने अनुमान

टोकियो – जापानमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको दुई दिनपछि आइतबार सम्पन्न निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विजयी हुने अनुमान गरिएको हो। १२५ सिट भएको माथिल्लो सदनमा पूर्वप्रधानमन्त्रीको पार्टी एलडीपी र यसको गठबन्धन कोमेटोले ७० देखि ८३ […]

सुदूरपश्चिममा दुई लाख बढी जनसंख्या विपदबाट प्रभावित हुने अनुमान

सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, डुबान लगायतका विपदका घटनाबाट प्रदेशमा यस वर्ष दुई लाख ६३ हजार तीन सय १५ जना प्रभावित हुने अनुमान गरिएको हो ।प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदले पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ अनुसार यस वर्ष कैलाली र कंचनपुर जिल्लामा बाढीका कारण कुल दुई लाख तीन हजार छ सय ९५ जनसंख्या तथा अन्य सात जिल्लाहरुम

पर्सामा ७२ प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान, साँझ ७ बजेसम्म मतदान

वीरगंज : पर्साका १४ वटा पालिकामा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ। पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेका छन्। जसमध्ये वीरगंज महानगरमा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान रहेको वीरगंज महानगरका प्रमुख मतदान अधिकृत धर्मराज पौडेलले बताए। त्यसैगरी, अन्य पालिकाहरुमा पनि ७०…

सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

सुनसरी : सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरेको छ। अहिले पनि सुनसरीका केही ठाउँमा मतदान जारी रहेकाले प्रारम्भिक रुपमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।मतदाता धेरै भएका ठाउँमा समय बढी लागेको उनले बताए। मतदान समयावधि भर सुनसरीमा कुनै ठुला मतदानलाई प्रभाव पार्ने गतिविधि नभएको उनको दाबी छ।

यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेकाे छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाे जनाएको हो । विभागको अनुमानअनुसार आउँदाे जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्...

पृथ्वीमा रुखका प्रजाति सङ्ख्या यसअघि अनुमान गरिएभन्दा १४ प्रतिशत बढी

पृथ्वीमा रुखको प्रजाति सङ्ख्या यसअघि अनुमान गरिएको भन्दा १४ प्रतिशतले धेरै रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसअघि ७३ हजार तीन सय प्रजातिका रुख रहेको अनुमान गरिएकोमा अझै नौ हजार दुई सय प्रजाति पत्ता लाग्न बाँकी रहेको अनुसन्धानकर्ताहरूले बताएका हुन् ।  दक्षिण अमेरिका, अफ्रिका र एसियाका उष्ण प्रदेश र उपोष्ण प्रदेशमा अज्ञात प्रजातिका रुखहरू रहेको पाइएको अध्ययन टोलीका प्रमुख एवम् अमेरिकाको सेन्ट पाउलमा रहेको मिनिसोटा विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डाक्टर पिटर राइसले बताउनुभएको बीबीसीले जनाएको छ । तर उष्ण प्रदेशी...

ओमिक्रोन भेरियन्टबाट दुई महिनाभित्र युरोपको आधा जनसंख्या संक्रमित हुने अनुमान

२७ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी दुई महिनाभित्र कोभिड-१९ को नयाँ भेरियन्टबाट युरोपको आधाभन्दा बढी जनसंख्या संक्रमित हुने अनुमान गरेको छ । मंगलबार युरोपका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लुगेले ६ देखि ८ हप्ताको अवधिमा युरोपको आधाभन्दा बढी जनसंख्या ओमिक्रोन भेरियन्टबाट संक्रमित हुन सक्ने बताएका हुन् । ‘इन्स्टिच्युट फर […]

सामसङ फोल्डेवल फोनको प्रि बुकिङ्ग कम्पनीको अनुमान भन्दा बढी

काठमाडौं । सामसङले स्मार्टफोनका दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड थ्री फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप थ्री फाइभ जीको प्रि बुकिङ्गमा उत्साह जनक सहभागिता देखिएको छ ।ग्यालेक्सी जेड फोल्ड थ्री फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप थ्री फाइभ जीको प्रि बुकिङ्ग कम्पनीले अनुमान गरेभन्दा ज्यादै बढी प्राप्त भएको सामसङले जनाएको छ । सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्रीको प्रि बुकिङ्गमा देखिएको सहभागिताले कम्पनी प्रति ग्राहकको विश्वासलाई पुष्टि गरे