जिडिपीमा बागमतीको हिस्सा ३७ प्रतिशत

चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७ प्रतिशत रहेको छ । कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब रहेकामा बागमती प्रदेशको योगदान ३७ प्रतिशत अर्थात् १९ खर्ब ८१ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको प्रादेशिक गार्हस्थ उत्पादनसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । यस्तो हिस्सामा सबैभन्दा कम कर्णाली प्रदेशको चार प्रतिशत अर्थात् दुई खर्ब २१ अर्बको हाराहारीमा छ ।

सम्बन्धित सामग्री

बागमतीको हिस्सा एकतिहाइ बढी हुने अनुमान

काठमाडौं । चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन संघीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एकतिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको आव २०७८÷७९ को प्रादेशिक कुल गार्हस्थउत्पादनसम्बन्धी अध्ययनअनुसार कुल गार्हस्थउत्पादनमा बागमती प्रदेशको हिस्सा ३६ दशमलव ९ प्रतिशत हुने अनुमान छ ।गत आवमा […]

बागमती र गण्डकीको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा बढी

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुँदा बागमतीको ६.७ प्रतिशत र गण्डकीको ६.२ प्रतिशत हुने अनुमान राष्ट्रिय अर्थतन्त्रमा एकतिहाइभन्दा बढी हिस्सा बागमती प्रदेशको, जिडिपीमा सबभन्दा कम हिस्सा कर्णालीको चालू आर्थिक वर्ष...