काभ्रे क्षेत्र नम्बर-२ का लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईले आम मतदाताको मनोभावना बुझेर आफूले काम गर्ने बताएका छन् । शनिबार धुलिखेलको श्रीखण्डपुरमा भएको कोणसभामा बोल्दै हुमागाईले मतदाताको आस्था र विचारमाथि ठेस पुग्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाएका हुन् । निर्वाचन जिते लगत्तै ढल प्रशोधन, जीर्ण पुल पुनर्निर्माण र खानेपानी लगायतका स्थानीयका समस्या समाधान गर्न तत्काल काम थाल्ने हुमागाईले प्रतिबद्धता जनाउ