मानवको अस्तित्व रक्षामा विचार सिद्धान्त

मानव जातिको उत्पत्तिपछि उसको जीवन अस्तित्व रक्षार्थ सङ्घर्ष अनिवार्य सर्त बन्यो । अस्तित्व रक्षार्थ सिर्जित कृषि कर्म, भाषा, वेशभूषा, आवास, गाँस, बास, कपास र चालचलन, उठबस, नाचगान, कला र साहित्यजस्ता संस्कृति मानव समाजमा पल्लवित बने । सामाजिक यथार्थको प्रतिविम्बित समुच्चयमा विचार, सिद्धान्त, दर्शन, ज्ञानविज्ञान, कला, आस्था, नैतिक मूल्य, मान्यता, आदर्श एवं परम्परा, धर्म, प्रथा तथा चालचलन समाविष्ट भए । संस्कृति आत्मिक, भौतिक, आर्थिक, राजनीतिक, सामाजिक अभ्युदयका सम्यक् चेतनाहरूको समुच्चय हो । संस्कृतिले मानिसका निजी एवं सार्वजनिक जीवनका समग्र स्वरूपको निर्माण, निर्देशन र नियमनलाई मागनिर्देशन गर्दछ । मानव व्यवहारद्वारा निर्धारण गरिएका नियमन हुने व्यवहारहरूको सार्थकतालाई संस्कृतिकै रूपमा बुझ्नुपर्छ ।

सम्बन्धित सामग्री

गठबन्धनले लोकतन्त्र धरापमा पारेको राजेन्द्र लिङदेनको आरोप

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनको नाममा लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप लगाएका छन्। मंगलबार बिहान पर्वतकाे सदरमुकाम कुश्मा बजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको बताएका हुन्। नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एक ठाउँमा उभिनु भनेको […]

दलीय अस्तित्वका लागि सङ्घर्र्ष

धेरै किसिमका राजनीतिक सिद्धान्त तथा विचार भएका पार्टी जसले आफूलाई समयानुकूल परिवर्तन गर्न नसक्दा कति लोप भएर गएका छन् भने कति कमजोर अवस्थामा रहेका छन् । अस्तित्वमा रहिरहन समयानुकूल आमजनसमुदायको भावनाअनुसार समयसापेक्ष परिमार्जित र परिवर्तित हुँदै अगाडि बढ्न सक्नुपर्छ । कुनै पार्टीले अँगालेको सिद्धान्त र विचारले समयानुकूल सधैँ एकनासले अगाडि बढ्ने राजनीतिक रूपमा अनुकूल वातावरण पाउँदैन, त्यसैले एउटै पार्टी, सिद्धान्त र विचारले विशाल रूप लिन पनि सक्दैन । एउटै सिद्धान्त, विचार बोकेका पार्टीका अनुयायी एकातिर अघिल्लो पुस्ता वा पिँढीभन्दा फरक हुन्छन् भने अर्कातिर एकै पिँढीका अनुयायीबीच पनि भिन्नता हुन्छन् । ती भिन्नतामध्ये केही भिन्नता उपयोगी र सक्षम हुन्छन्, जो निरन्तर रूपमा टिकिरहन सङ्घर्र्ष गर्न योग्य हुन्छन् । प्रत्येक सिद्धान्त, विचार तथा पार्टीले आफ्नो अस्तित्व कायम गर्न सङ्घर्र्ष गरी निरन्तर समयानुकूल नयाँ भिन्नता ग्रहण गर्दै जान्छन् । त्यसरी निरन्तर ग्रहण गरिने नयाँ भिन्नताले गर्दा नै लामो समयपछि परिवर्तन भएर नयाँ सिद्धान्त, विचार बोकेर पार्टीले काँचुली फेर्दै आफूलाई अस्तित्वमा राख्न सफल हुन्छन् । राजनीतिक वातावरणमा अनुकूल नहुने भिन्नता क्रमशः पलायन हुँदै अस्थित्वविहीन भएर जान्छन् ।

दलमा दम्भ

राजनीतिका दललाई बाटो देखाउने भनेको सिद्धान्तले नै हो । विचार र सिद्धान्त अंगीकार गर्दै राजनीतिक दलहरूको जन्म हुने गरेको पनि छ । तर, पार्टी गठन हुँदा उठाइएका विचार र सिद्धान्त जब उनीहरू सत्तामा पुग्छन् तब त्यसको अस्तित्व बाँकी रहन्न । सत्ताको उन्माद र दम्भमा विचार र सिद्धान्तलाई नै तिलाञ्जलि दिने गरिन्छ । खासगरी दलका नेताहरूको […]

बीपीको समावेशिता र तराईवासी

बीपीले तराई–मधेसवासीका हक अधिकारबारे चार दशकअघि नै, जतिबेला नेपालमा खुला राजनीतिक वातावरण अर्थात् प्रजातन्त्र थिएन, त्यतिबेला नै उठाउनुभएको थियो । जतिखेर राजनीतिक दलहरू प्रतिबन्धित थिए, मधेसवादी दलहरूको कुनै अस्तित्व थिएन, त्यतिबेलै बीपीले तराई–मधेसका समस्याबारे उठाउनु भएका सवालभन्दा भिन्न र बढी तराई–मधेसका कुनै पनि क्रान्तिकारी पार्टी वा व्यक्तिले अहिले पनि उठाउन सकेका छैनन् । नेपाली राजनीतिका शीर्षस्थ व्यक्तित्व बीपी कोइरालाका विचार, सिद्धान्त र दृष्टिकोणले अहिलेसम्म नेपालको राजनीतिलाई तङ्गित गरिरहेको छ । निश्चय नै बीपी नेपालको मात्र नभएर दक्षिण एसियाकै नेता हुनुहुन्थ्यो । त्यति मात्र नभएर उहाँले अन्तर्राष्ट्रियस्तरको समाजवादी आन्दोलन अर्थात् सोसलिष्ट इनटरनेसनलको उपाध्यक्ष भएर विश्व समाजवादी आन्दोलनको नेतृत्व गर्नुभयो ।

पूर्वीय दर्शनमा प्रगतिशील साहित्य

विमल पोखरेल सामान्यतया पूर्वीएसियाको साहित्यलाई पूर्वीय साहित्य भनिन्छ । पूर्वीय साहित्यको इतिहास निकै लामो छ । इतिहास लामो मात्रै होइन, समृद्ध र व्यापक पनि छ । पूर्वीय साहित्य काव्यका लागि प्रख्यात छ । काव्यका साथसाथै नाटक, लोककथा, कथा, उपन्यास, निबन्ध, जीवनी आदि विधामा पूर्वीय साहित्य समृद्ध छ । संस्कृत भाषाको साहित्य पूर्वीय साहित्यको जननीको रूपमा रहेको छ । संस्कृतमै पूर्वीय साहित्यले ठुलो उचाइ लिएको छ । विशेष गरी दक्षिणपूर्वी एसियामा संस्कृतको छाप गहिरोसँग परेको छ । पूर्वीय आर्यभाषाका साहित्य संस्कृत भाषाबाट प्रभावित भएर जन्मिएका साहित्य हुन् । नेपाली साहित्यको विकास पनि संस्कृत काव्य परम्पराबाट भएको पाइन्छ । सुरुमा यी भाषामा संस्कृत भाषाबाट साहित्य रूपान्तर हुने गर्दथे भने पछि विभिन्न आर्यभाषामै लेख्न थालिए । संस्कृत भाषामा जे जति महाकाव्य लेखिएका छन्, त्यति ठुला काव्य अन्य भाषामा सायदै लेखिएका छन् । नेपाल र दक्षिण पूर्वीएसियामा पश्चिमी जीवनशैली र साहित्य ढाँचाको प्रभाव निकै परेको पाइन्छ । पश्चिमी साहित्यको राम्रो प्रभाव पर्नु गलत होइन । यस क्षेत्रमा पश्चिमी साहित्य मात्रै हावी हुँदै जाने अवस्थाले भने पूर्वीय साहित्य कमजोर बन्दै जाने खतरा रहन्छ । साहित्य पूर्वीय होस् वा पश्चिमी, ती मानवजातिका अमूल्य सम्पत्ति हुन् । कुनै एउटा साहित्यको प्रभावले अर्काेको अस्तित्व सङ्कटमा पर्न दिनुहुँदैन । हामीले पश्चिमी साहित्यका बारेमा धेरै अध्ययन, अनुसन्धान गर्नु आवश्यक छ । त्यसको साथसाथै पूर्वीय साहित्यको अध्ययनलाई पनि व्यापक बनाउनुपर्दछ । पूर्वीय साहित्य सिद्धान्त साहित्य संस्कृत शब्द हो । साहित्यमा शब्द र अर्थको मिलन हुने गर्दछ । भाव र विचार, कल्पना र यथार्थ, अनुभूति र अभिव्यक्ति यी सबैको समिश्रण साहित्य हो । पूर्वीय साहित्यको आरम्भ संस्कृतबाटै भएको हो । लामो कालखण्डपछि आर्यभाषामा पनि मौलिक साहित्य लेखिन थाले । आर्यभाषामा लेखिन थालेपछि पूर्वीय साहित्यमा मौलिक युग आयो । मौलिक युग आएपछि पनि संस्कृत साहित्यलाई पछ्याउँदै अन्य साहित्य उदाएका हुन् । वेद, पुराण, रामायण, महाभारतलगायत धेरै साहित्य पूर्वीय अध्यात्मवादी साहित्य हुन् । रामायण र महाभारत विश्वका ठुला महाकाव्यमध्येका ...