काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ध्वस्त बनाउनबाट बचाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन्। अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै उनले भने, “पार्टीलाई स्वार्थको किनबेचमा होइन, बिकाउ मालको झुण्ड पनि होइन्, सिद्धान्त, विचार, आस्था र आदर्शहरुमा केन्द्रीत भएको, अनुशासनमा बाँधिएको जनपक्षीय अग्रगामी र सक्रिय संगठनको रुपमा अघि बढाउनु आजको आवश्यकता हो।”