तेस्रो आयाम पत्रिकामा वैरागी र इन्द्रबहादुरहरूले लेखेका राेचक सम्पादकीयहरू

कोरा भावुकता प्रलाप मात्र नभएर दायित्वबोधदेखि पलायन पनि हो । फलतः जिन्दगीदेखि पनि पलायन हो । यस किसिमका साहित्यलेखनलाई आयामिक शब्दमा ‘च्याप्टो’ भनिन्छ, किनभने यिनमा ‘तेस्रो आयाम’ (गहिराइ तथा विचार वा दर्शन) हुँदैन, जीवनमाथि आस्था पनि हुँदैन ।