आईपीएल क्रिकेटको उपाधिका लागि कोलकाता र चेन्नई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । खेल राति पौने ८ बजे यूएईको दुबईमा सुरु हुनेछ । चेन्नई पहिलो प्लेअफमा दिल्ली क्यापिटल्सलाई हराएर र कोलकाता दोस्रो प्लेअफमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएर उपाधि नजिकै पुगेका हुन् । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र इयान मोर्गनको कप्तानीमा रहेको कोलकाताबीचको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अहिलेसम्म चेन्नईले तीन पटक र कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेका छन् ...

सम्बन्धित सामग्री

पहिलो जितको खोजीमा चेन्नई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता चेन्नई सुपर किङ्सले आज (आइतबार) पन्जाब किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने चेन्नई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बाट सुरु हुनेछ । लिगमा दुई खेल खेलेको चेन्नई आजको खेलमा पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई दोस्रो खेलमा लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो । सविकको विजेता टोली पहिलो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने य

आईपीएल : कोलकातासँग खेल्दै पन्जाब

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । आज हुने खेलमा कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।  पहिलो खेलमा सहज जित निकालेको पन्जाब आजको खेलमा पनि सहज जितको खोजीमा हुनेछ । पन्जाबले पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको थियो ।  यता लिगको तेस्रो खेल खेल्न लागेको कोलकाता दोस्रो जितको खोजीमा हुनेछ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो । दोस्रो खेलमा कोलकाता बैंगलोरसँग पराजित भ

आईपीएल : पहिलो जितको खोजीमा चेन्नई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज बिहीबार एक खेल हुँदैछ । साविकको विजेता चेन्नई सुपर किङ्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई आजको खेलमा जित निकाल्ने योजनामा छ । रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रने चेन्नइले नवप्रवेशी टोली लखनउलाई चुनौती दिने लक्ष्य बनाएको छ । यता पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको लखनउ आजको खेलमा सहज

आईपीएलमा आज दुई खेल

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज आइतबार दुई खेल हुँदैछन् । शनिबारबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिन दुई खेल हुन लागेको हो ।  प्रतियोगिताको पहिलो खेलमा कोलकाता नाइड राइडर्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको थियो । आइतबार हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई खेलमा जित निकाल्दै नयाँ सिजनमा आफ्नो बलियो दावेदार

आईपीएल : कोलकाताले चेन्नईलाई हरायो

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल ) को पहिलो खेलमा शनिबार कोलकाता नाइड राइर्डर (केकेआर) ले चेन्नई सुपर किंङ्स (सिएसके) लाई ६ विकेटले पराजित गरेको छ। वान्खडे क्रिकेट रंगशालामा सिएसकेले दिएको एक १३२ रनको लक्ष्य केकेआरले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेट्टायो। केकेआरको जितमा ओपनर अजिक्या राहानेले सर्वाधिक ४४ रन बनाए। उनले ३४ बलमा […]

आईपीएल आजबाट, उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । वान्खडे स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । साविकको विजेता चेन्नई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । चेन्नई रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रनेछ । तत्कालिन कप्तान मेहेन्द्र सिंह धोनी यसै साता कप्तानको जिम्मेवरीबाट हटेका हुन् । पछिल्

आजदेखि आईपीएल : उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।

आईपीएलको उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्ने

२२ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं संस्करणको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र साविक उपविजेता कोलकता नाइट राइडर्स भिड्ने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आइतबार यस संस्करणको खेलतालिका सार्वजनिक गरेको हो । मार्च २६ तारिखमा मुम्बईको वाङखडे मैदानमा चेन्नई र कोलकताबीच खेलसँगै आईपीएल सुरु हुनेछ । यस संस्करणको […]

आईपीएल क्लबले खेलाडी रिटेन गर्दै

नयाँ दिल्ली, (एजेन्सी) ।  आगामी संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) प्रतियोगिताको लागि क्लबहरुले खेलाडी रिटेन गर्न थालेका छन् ।जसमध्ये आईपीएलका आठ मध्ये चार टिमले चार खेलाडी रिटेन गर्दा तीन टिमले तीन जना र एक टिमले दुई खेलाडी रिटेन गरेका छन् । चार खेलाडी रिटेन गर्नेमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता […]

आईपीएलमा काेलकातासँगकाे खेलमा प्लेअफ समीकरण बिगार्ने दाउमा चेन्नई

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेलिरहेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको चेन्नई पहिले बलिङ गरिरहेको छ ।   आईपीएलमा प्लेअफबाट बाहिरिइसकेको चेन्नई अब बाँकी टिमको समीकरण बिगार्ने प्रयासमा रहनेछ, जसको पह...