फिल्म निर्माता चन्दन रोक्काको निधन

पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ । रोक्काको बिहिबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए । ५९ वर्षका रोक्का केही अगाडि कोरोना संक्रमित भएका थिए । एक साता अगाडि भने उनको कोरोना रिपोट नेगेटिभ आएको थियो । कोरोना रिपोट नेगेटिभ आएपनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको अस्पतालको आइसियुमै उपचार भइरहेको थियो ।घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफै हुँदो रहेछ’, ‘प्रेम युद्ध

सम्बन्धित सामग्री

रहेनन् सगरमाथालाई विश्वभर चिनाउने हलिउड फिल्म निर्माता डेभिड ब्रेसियर्स

काठमाडौं । फिल्ममार्फत सगरमाथालाई विश्वमाझ चिनाउन योगदान दिएका हलिउड फिल्म निर्माता तथा छायांकार डेभिड ब्रेसियर्सको निधन भएको छ । मार्च १४ मा अमेरिकाको म्यासाचुसेट्समा ६८ वर्षीय ब्रेसियर्स घरमा मृत फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो खबरलाई ब्रेसियर्सको परिवार निकट अमेरिकी पर्वतारोहीहरु एड भिस्टर्स, क्याथी हार्वर्ड र जेड विलियम्सनले पुष्टि गरेका हुन् । उनको […]

भारतीय गायिका पामेला चोपडाको निधन

एजेन्सी । भारतीय फिल्म निर्माता स्वा. यश चोपडाकी पत्नी गायिका पामेला चोपडाको निधन भएको छ । पामेलाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको निधनको खबर यशराज फिल्म्सको इन्स्टाग्राम पेज मार्फत सार्वजनिक गरिएको छ । पामेलाको बिहीबार बिहान निधन भएको हो । उनको बिहीबार मुम्बईमा अन्तिम संस्कार गरिने छ । पामेला एक प्रसिद्ध गायिका […]

फिल्म उद्योगले गुमाएको एउटा इतिहास

काठमाडौँ – ९१ वर्षको उमेरमा निधन भएका जीयन लुक गोडार्डलाई फिल्म इतिहासका एक पायनियर व्यक्तित्वको रूपमा लिइनछ। फ्रेन्च स्विस फिल्म निर्माता गोडार्डले क्यारियरमा धेरै फिल्म बनाएका थिए। तीनै गोडार्ड हाम्रा माझमा नभएको आधा शताब्दी भइसकेको छ। फिल्मका बारे जानकारी लिनेका लागि गोडार्ड एउटा जान्नै पर्ने नाम भएको छ। उनी भन्दा अगाडि फिल्ममा लडाइँ झगडा गर्ने […]

निर्देशक तथा निर्माता सावन कुमारको निधन

एजेन्सी । भारतीय फिल्म निर्माता, निर्देशक तथा लेखक सावन कुमार टाकको ८६ वर्षको उमेरमा निधन भएको छ । सावनको अवस्था विगत केही दिनदेखि नाजुक थियो, जसका कारण उनलाई मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । बिहीबार बिहान उनको अवस्था बिग्रिएपछि सघन उपचार कक्ष (आईसीयू) मा सारिएको थियो, अपराह्न ४ः१५ मा हृदयघातका कारण उनको […]

निर्माता छविराज ओझालाई मातृ शोक

फिल्म निर्माता छविराज ओझालाई मातृशोक परेको छ । उनकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको बुधबार बिहान निधन भएको हो ।धरानस्थित नीजि निवासमा आमाको निधन भएको छविराज ओझाले बताए । नेपाली फिल्म क्षेत्रमा बाघ निर्माता भनेर चिनिएका छविराज आमासँग निकै नजिक थिए । काठमाडौंमा बसोबास गर्ने भए पनि उनी आमासँग भेट बेलाबेला घरमा जान्थे । कुनै नयाँ कामको थालनी गर्दा उनले सबैभन्दा पहिला आमाको आर्शिवाद लिने गर्दथे ।थुप्रै फिल्म निर्माण गरेका ओझाले पछिल्लो समय श्रीमती समेत रहेकी अभिनेत्री शिल्पा पोखरेलसँगको घरायसी झगडाले

अभिनेता तथा फिल्म निर्माता अमिताभ दयालको हृदयघातका कारण निधन

एजेन्सी । भारतीय अभिनेता तथा फिल्म निर्माता अमिताभ दयालको हृदयघातका कारण निधन भएको छ । उनी ६१ वर्षका थिए ।

बलिउड कलाकार तथा निर्माता विजय गलानीको निधन

फिल्म निर्माता तथा कलाकार विजय गलानी निधन भएको छ । गलानीको बुधबार निधन भएको भारतीय मिडियाले जनाएका छन् । गलानीको निधनमा बलिउडका कयौ स्टारले शोक व्यक्त गरेका छन् ।गलानीले सलमान खान, अक्षय कुमार, बबी देओल र गोविन्दा जस्ता स्टारको साथ अभिनय गरेका छन् । उनले अभिनय गरेको फिल्म ’अजनवी’ छोडेर सबै फ्लप छन् ।गलानीले सलमानको अभिनय रहेको फिल्म ‘वीर’  र विद्युत जामवालको फिल्म ‘द पावर’ समेत निर्माण गरेका थिए ।

अभिनेता यूसुफ हुसेनको निधन

मुम्बई(दैनिक जागरण)– बलिउड र भारतीय टेलिफिल्मका दिग्गज अभिनेता यूसुफ हुसेनको काेराेना संक्रमणका कारण निधन भएको छ । उनी ७३ वर्षका थिए । उनकाे मुम्बईस्थित लीलावती अस्पतालमा निधन भएकाे हाे । फिल्म निर्माता तथा उनका ज्वाइँ हंसल मेहताले यूसुफको निधनको पुष्टि गरेका छन् । हंसलले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै उनको निधनको जानकारी दिएका हुन् । उनको […]

निर्माता तथा छायांकार भीमको निधन

काठमाडौं– फिल्म निर्माता तथा छायांकार भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । झण्डै एक महिनादेखि कोरोनाको संक्रमणसँग जुधिरहेका ५८ वर्षीय रानाको मंगलबार बिहान निधन भएको हो । राना फिल्म ‘माइली’को निर्मातासमेत थिए । उनले फिल्म ‘माया प्रीति’मा अभिनय गरेका थिए । भीम ‘वीर गणेशमान’, ‘भगवान’, ‘सम्झना’, ‘निशाना’ ‘अपहरण’, ‘राज्य’ जस्ता फिल्मका छायांकार पनि थिए […]

अभिनेत्री मन्दिरा बेदीका पति फिल्म निर्माता राज कौशलको हृदयघातबाट निधन

बलिउड फिल्म निर्माता राज कौशलको बुधवार बिहान हृदयघातबाट निधन भएको छ । अभिनेता रोहित रोयले निर्माताको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘राजको आज बिहान अन्दाजी ४ बजे हृदयघातबाट निधन भएको छ । उहाँ घरमा हुनुहुन्थ्यो, जबसम्म परिवारले कुनै स्वास्थ्य सहायता पाउन सक्थे, राजको निधन भइसकेको थियो ।’ सामाजिक सञ्जालका पोस्टहरूमा धेरै कलाकारले अप्रत्यासित घटना भन्दै श्रद्धाञ्जलि लेखेका छन् । उनले सन् १९८१ मा आफ्नै विज्ञापन उत्पादन कम्पनी शुरू गरेर ८ हजारभन्दा बढी विज्ञापनहरू निर्देशन गरिसकेका थिए ।