अभिनेत्री मन्दिरा बेदीका पति फिल्म निर्माता राज कौशलको हृदयघातबाट निधन

बलिउड फिल्म निर्माता राज कौशलको बुधवार बिहान हृदयघातबाट निधन भएको छ । अभिनेता रोहित रोयले निर्माताको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘राजको आज बिहान अन्दाजी ४ बजे हृदयघातबाट निधन भएको छ । उहाँ घरमा हुनुहुन्थ्यो, जबसम्म परिवारले कुनै स्वास्थ्य सहायता पाउन सक्थे, राजको निधन भइसकेको थियो ।’ सामाजिक सञ्जालका पोस्टहरूमा धेरै कलाकारले अप्रत्यासित घटना भन्दै श्रद्धाञ्जलि लेखेका छन् । उनले सन् १९८१ मा आफ्नै विज्ञापन उत्पादन कम्पनी शुरू गरेर ८ हजारभन्दा बढी विज्ञापनहरू निर्देशन गरिसकेका थिए ।

सम्बन्धित सामग्री

अभिनेता मानन्धरलाई मातृशोक

काठमाडौँ। फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ। विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा एक साताअघि बेलायतमा निधन भएको हो। ख्यातिप्राप्त साहित्यकार पति ईश्वरप्रसाद मानन्धरका साथ ६० वर्षदेखि लन्डनमा बस्दै आएकी जानकीदेवी ११ वर्षअघि ८२ वर्षको उमेरमा पतिको निधन भएपछि छोरी र नातिनीका साथ लन्डनमै […]

निर्माता छविराज ओझालाई मातृ शोक

फिल्म निर्माता छविराज ओझालाई मातृशोक परेको छ । उनकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको बुधबार बिहान निधन भएको हो ।धरानस्थित नीजि निवासमा आमाको निधन भएको छविराज ओझाले बताए । नेपाली फिल्म क्षेत्रमा बाघ निर्माता भनेर चिनिएका छविराज आमासँग निकै नजिक थिए । काठमाडौंमा बसोबास गर्ने भए पनि उनी आमासँग भेट बेलाबेला घरमा जान्थे । कुनै नयाँ कामको थालनी गर्दा उनले सबैभन्दा पहिला आमाको आर्शिवाद लिने गर्दथे ।थुप्रै फिल्म निर्माण गरेका ओझाले पछिल्लो समय श्रीमती समेत रहेकी अभिनेत्री शिल्पा पोखरेलसँगको घरायसी झगडाले