शेयर बजारमा सुक्खा : ५ दिनमा १४० अंक घट्यो नेप्से, कारोबार रकम २ अर्बभन्दा कम

चैत २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार पनि नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । यस दिन नेप्से परिसूचक २३ दशलमव ३२ अंक घटेर २४२८  बिन्दुमा झरेको हो । कारोबारमा आएका २२६ धितोपत्रको ४३ लाख ७९ हजार ४२ कित्ता शेयरको ३८ हजार २६२ पटकमा रू. १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ बराबरको शेयर खरीदविक्री भएको हो । वित्तीय प्रणालीमा तरलता अभाव ब्याजदर वृद्धिले गर्दा केही समय देखि शेयर बजार नराम्रो सँग प्रभावित भएको छ । मंगलवार पनि नेप्से परिसूचक ४६ अंक घटेको थियो । बुधवार शुरुको १५ मिनेट अवधिमा बजार २ हजार ४१८ मा सम्म आएको थियो सो अवधिमा भने खरीदकर्ता आर्कषित भएको थिए भने अन्तिमममा विक्रेतानै हावी भएको देखियो । चैत मसान्तमा बैंकको साँवा र ब्याज तिर्नुपर्ने र यहि बेलामा  राज्यलाई कर तिनु पर्ने भएकाले पनि  शेयर बजार घटेको हो । बजार धेरै तल आइसकेको छ । कम्पनीहरुको शेयर मूल्य धेरैनै सस्तिएको छ । सोही कारण पनि बजारमा खरीदकर्ता आउने अनुमान लगाउन सकिन्छ ।  बुधवार कारोबारमा आएका २२६ धितोपत्र मध्ये नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५४५ दशलमव ५० पुगेको हो । त्यसैगरी दोस्रोमा सोल्टी होटलको शेयर मूल्य ३ दशलमव ९९ प्रतिशत वृद्धि भएर रू. २३७ पुगेको हो । त्यसैगरी बुधवार इमर्जिङ्ग नेपालको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १९० दशलमव ७० म ाझरेको छ । सर्वाधिक शेयर खरीद विक्री हिमालयन डिष्टीलरीको रू. ९ करोड ४१ लाख बराबरको भएको छ ।

सम्बन्धित सामग्री

तीन कारोबार दिनमा ५७.९ अंक घट्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक लगातार तीन कारोबार दिन घटेको छ । गत बुधवारयता घट्न थालेको नेप्से त्यसयताका तीन कारोबार दिनमा ५७ दशमलव ९ अंक घटेको हो । साताको पहिलो कारोबार दिन आइतवार भने परिसूचक ५ दशलमव ३१ अंक घटेर २ हजार ६१ दशमलव ७० विन्दुमा झरेको छ । यस दिन परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसअघिको कारोबार दिन रू. ४ अर्ब १८ करोड बराबरको शेयर कारोबार भएकोमा आज रू. ३ अर्ब २१ करोडमा झरेको छ ।  पछिल्लो समय लगानीकर्ताले प्रोफिट हुनेबित्तिकै बुक गरिहाल्छन् । यस कारण दुई-तीन दिन बजार बढेपछि नेप्से घट्ने गरेको छ । लगानीकर्ताको मनोबलले शेयर बजार प्रभाव पार्ने गरेको छ । पछिल्लो समय बजारमा खरीदकर्ताभन्दा विक्रेता हाबी भएको देखिएको छ । गत आर्थिक वर्ष (आव)को नाफाबाट कम्पनीले दिएको बोनस शेयर सूचीकृत हुने क्रम शुरु भएको छ ।  बोनस सेयर डिम्याट खातामा आउनेबित्तिकै बेचिहाल्ने प्रवृत्तिले समेत बजार प्रभावित भएको जानकार बताउँछन् ।  आइतवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १६ प्रतिशत घटेको छ । यस दिन ३०७ धितोपत्रको ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर ७० हजार ७९० पटकमा रू. ३ अर्ब २१ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका धितापत्रमध्ये युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१ हजार २०३ दशमलव ५० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा मोलुङ्ग हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ४६ प्रतिशत वृद्धि भएर रू. ४८६  पुगेको छ ।  आइतवार सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ३७ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६५५ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा रावा इनर्जी डेभलपमेन्ट कम्पनी छ । कम्पनीको शेयर मूल्य ५ दशलमव १७ प्रतिशत घटेर रू. ५१२ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३३ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६८८ दशमलव १० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा एशियन लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू. १२ करोड ९८ लाख बराबरको भएको छ । यस कम्पनीले बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकीको सूचक घटेको छ । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ५१ प्रतिशत बढेको छ भने अन्य समूहको सूचक सबैभन्दा बढी १ दशमलव ०४ प्रतिशत घटेको छ ।

३८.३७ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतवार (आज) शेयर बजार परिसूचक नेप्से ३८ दशमलव ३७ अंकले घटेको छ ।  अघिल्लो कारोबार दिन ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको नेप्से आज २ हजार ५१ दशमलव ४७ विन्दुमा झरेको हो । आज नेप्सेमा १ दशमलव ८३ प्रतिशतले गिरावट आएको छ ।  नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गत बिहीवार १ अर्ब ७८ करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आज त्यो रकम २ अर्ब ६८ करोडभन्दा बढी पुगेको छ । आइतवार २६५ धितोपत्रको ८० लाख ७ हजार ३६१ कित्ता शेयर ६१ ह्जार ९ सय १७ पटक कारोबार भएको छ ।

९.१८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ।बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो। पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ।बुधबार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि गिरावट आएको छ। अघिल्लो कारोबार

३६.७३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : मंगलबार  १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार उच्च अंकले गिरावट आएको छ।बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले गिरावट आएको छ। बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता शेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।नेप्सेमा गिरावट आए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने सामान्य ब

२२.११ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ।मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार पनि सोही गतिमा गिरावट भएर निरन्तरता पाएको छ।बुधबार नेप्से परिसूचक २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले गिरावट आएको छ।आज कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको छ। आज नेप्से परिसूचकसँगै कारो

३० अंकले घट्यो नेप्से परिसूचक

२१ पुस, काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्से ३०.७५ अंकले घटेको छ । परिसूचक घटेपनि कारोबार रकम भने ४ अर्ब ६२ करोड १५ लाख रुपैयाँ पुगेको छ । बुधबार २ सय ३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो । बुधबार कारोबारमा आएका कुल १३ वटा उपसमूहमध्ये अधिकांशको […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि खुम्चियो

१३ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घट्ने क्रम जारी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि ल्याएको त्रैमासिक समीक्षा पछि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५१ अंकले घटेर २ हजार ९ […]

झण्डै ९ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बमा सिमित !

आइतवार शेयर बजारमा ८.४८ अंकको गिरावट आएको छ ।यस दिन कारोबार रकम पनि ५ अर्बमा मात्रै सिमित भएको छ । आइतवार नेप्से परिसूचक ८.४८ अंकले घट्दै शेयर बजार परिसूचक २८३४.५१ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ परिसूचक ०.३३ अंकले घट्दै ५२८.४५ विन्दुमा झरेको छ ।यस दिन कुल २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता श...

यो साता ४ % भन्दा बढीले घट्यो नेप्से परिसूचक : लगानीकर्ताले करीब २ खर्ब गुमाए

असार १२, काठमाडौं । यो साता शेयर बजारका सबै महत्वपूर्ण परिसूचकहरु घटेका छन् । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्ससँगै समूहगत सबै परिसूचक गत साताभन्दा यो साता घटेका हुन् । यी सँगै कारोबार रकम, कारोबार कित्ता र कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता कम भएको छ । गत साताको तेस्रो कारोबार दिनदेखि ओरालो लागेको शेयर बजार यस साताको तेस्रो कारोबार दिन बढेपनि बाँकी दिन भने निरन्तर घटिरहेको छ । धितोपत्र दोस्रो बजारमा २०० भन्दा बढी कम्पनी सूचीकृत रहेपनि ५१ ओटा कम्पनीहरुको नियामक निकायको धारणाले समग्र बजारलाईनै असर पुर्‍याएको हो ।  नियामकले कम्पनीहरुप्रति नकारात्मक धारणा भन्दा पनि यी कम्पनीहरुको वित्तीय अवस्था अनुसार बजारमूल्यमा उतारचढाब देखिएकाले अध्ययन अनुसन्धानपश्चात मात्र लगानी गर्ने सचेत गरेको बताउँदै आएको छ । बजार विकास र विस्तारका लागि निरन्तर सरकारात्मक कदम चाल्दै आएको बोर्डको गत साताको ५१ कम्पनीहरु प्रतिको धारणा समेटिएको प्रेस विज्ञप्तीले भने बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।   गत साताभन्दा यो साता नेप्से परिसूचक ४ दशमलव २३ प्रतिशत अर्थात् १२५ दशमलव ४७ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८४३ विन्दुमा कायम भएको हो । साताको पहिलो कारोबार दिन ६३ दशमलव २८ अंक, दोस्रो दिन ७१ दशमलव शून्य ६ अंक घटेको बजार तेस्रो दिन भने ७९ दशमलव ४४ अंकले बढेको थियो ।  चौथो दिन ५१ दशमलव ६५ अंकले फेरी घटेको बजार पाँचौ दिन १६ दशमलव ९६ अंकले घटेको छ । यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा १५ दशमलव ४७ अंक अर्थात् २ दशमलव ८६ प्रतिशतले कमि आएको छ । गत साता ५४१ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२५ दशमलव ६५ विन्दुमा बन्द भएको हो । यो साता गत साताभन्दा कारोबार रकम रू. ३२ अर्ब २३ करोड १३ लाख ७६ हजारले कम भएको छ । गत साता रू. ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार बराबरको कारोबार भएकोमा यो साता रू. ४९ अर्ब १२ करोड १० लाख ९ हजार बराबरको शेयर कारोबार भएको हो । यो साता अन्तिम कारोबार दिन कारोबार रकम रू. ७ अर्ब ३ करोडमा खुम्चिएको छ । कारोबार रकम घटेसँगै कारोबार कित्ता पनि घटेको छ । गत साता १५ करोड १७ लाख ७ हजार ४८२ कित्ता शेयर कारोबार भएकोमा यो साता १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता ४ करोड ९४ लाख ४१ हजार ९४१ कित्ता कम शेयर कारोबार भएको हो । यो साता बजारका सबै सूचकहरु नकारात्मक हुँदा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य रू. १ खर्ब ८९ अर्ब ६६ करोड ९० लाख ३३ हजार घटेको छ । गत साता रू. ४१ खर्ब ३९ अर्ब २८ करोड ८० लाख ५३ हजार रहेको कुल बजार पूँजीकरण रकम रू. ३९ खर्ब ४९ अर्ब ६१ करोड ९० लाख २० हजारमा झरेको छ ।  कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा रहेको नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. १ खर्ब ६९ अर्ब ५० करोड रहेको छ । कम्पनीको अन्तिम मूल्य बिहीवार रू. १ हजार ३१३ कायम भएको छ । गत साता यो मूल्य रू. १ हजार २९८ थियो । गत साताको भन्दा यो साता नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५ ले बढेको हो । यो साता समूहगत सबै परिसूचकहरुमा कमी आएको छ । विकास बैंक र वित्त समूहको परिसूचक यो साता सर्वाधिक घटेको छ । गत साताभन्दा यो साता विकास बैंकको ७ दशमलव ५७ प्रतिशत र वित्तको ७ दशमलव २४ प्रतिशत परिसूचक घटेको हो । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :                                                                                 स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)