काठमाडौं । साताको पहिलो दिन आइतवार (आज) शेयर बजार परिसूचक नेप्से ३८ दशमलव ३७ अंकले घटेको छ ।
अघिल्लो कारोबार दिन ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको नेप्से आज २ हजार ५१ दशमलव ४७ विन्दुमा झरेको हो । आज नेप्सेमा १ दशमलव ८३ प्रतिशतले गिरावट आएको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गत बिहीवार १ अर्ब ७८ करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आज त्यो रकम २ अर्ब ६८ करोडभन्दा बढी पुगेको छ । आइतवार २६५ धितोपत्रको ८० लाख ७ हजार ३६१ कित्ता शेयर ६१ ह्जार ९ सय १७ पटक कारोबार भएको छ ।