काठमाडौं : मंगलबार १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार उच्च अंकले गिरावट आएको छ।बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले गिरावट आएको छ। बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता शेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।नेप्सेमा गिरावट आए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने सामान्य ब