एमालेले माधव नेपाल समूहमा रहेका तेस्रो धारका नेता–कार्यकर्ता भित्र्याउन गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखा पर्न थालेको छ । यही समस्याले गर्दा एमालेमै बसेका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरुको राजनीतिक अडान र उनीहरुले भन्दै आएको पार्टी एकतामाथि नै प्रश्न उठ्न पुगेको छ ।पार्टी विभाजनमा कतै नखुलेका कार्यकर्ता तान्ने दुवै पक्षको कसरत जारी रहेकै बेला जेठ २ अघिको एमाले पार्टी संरचनामा फर्काउने भनिएको दश बुँदे कार्यान्वयनप्रति अध्यक्ष ओली पछि हटेको अर्थका रुपमा बुझ्न थालिएको छ । यस