मतदानका क्रममा हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन जेठ २ गते हुने भएको छ । रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले स्थगित मतदान जेठ २ गते बिहान ७ बजेदेखि गर्ने निर्णय भएको निर्वाचन अधिकृत कुमार मास्केले बताए ।निर्वाचन अधिकृत मास्केको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, गणपति दुर्गाबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक