एमालेको सकस : जेठ २ मा फर्कंदा कोको ‘आउट’ होलान् ?

सत्तारुढ नेकपा एमालेभित्र चलिरहेको सघन बहस हो– जेठ २ अगाडिको संरचनामा फर्कने कि नफर्कने ? माधव–झलनाथ समूहको मुख्य मागै यही छ– पार्टीलाई २०७५ जेठ २ अघिको संरचनामा फर्काउनैपर्छ ।पछिल्लो समय अध्यक्ष केपी ओली पनि मूलतः जेठ २ नजिक फर्कन तयार भएका छन् । तर, यसबीचमा मनोनित भएका केन्द्रीय सदस्यहरुलाई मान्यता दिने कि नदिने भन्नेबारे ओली पक्ष र माधव पक्षबीच कुरो मिल्न सकेको छैन । जेठ २ मा कसरी फर्कने भन्ने प्रक्रिया र मापदण्डबारे दुई समूहबीच सहमति जुट्न सकेको छैन ।०७५ जेठ २ अघि फर्कँदा ए

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

महेन्द्रनगर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन भीमदत्त नगरपालिका–११ स्थित मतदान केन्द्रमा खटिएका छन् । खेलप्रशिक्षक र कार्यालय प्रमुखलाई निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत बनाएर जिल्लाभर परिचालन गरिएको छ । यसैबीच प्रदेश खेलकुद परिषद्ले आगामी जेठ ५ गतेभित्र नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको नामावली पठाउन परिपत्र गरेपछि खेलक्षेत्र अन्योलमा पुगेको छ । आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुँदै छ । तर कञ्चनपुरमा त्यसको  तयारी भने शून्य छ । ‘प्रदेश खेलकुदमार्फत राखेपबाट जेठ २ र ३ गते प्रतियोगिताका लागि जिल्लाको छनोट गर्नुपर्ने पत्र आएको छ,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भट्टले भने, ‘प्रशिक्षकसहित हामी चुनावमा खटिएका छौं, थोरै समयमा खेलकुदको धेरै तयारी गर्नुपर्ने अवस्था छ ।’ राष्ट्रिय प्रतियोगितामा हुने कुल ३८ खेलमध्ये यहाँबाट ३० खेलका खेलाडी सहभागी हुने भएका छन् । तर उनीहरूले चाहेजस्तो प्रशिक्षण पाउन सकेका छैनन् । जेठमै प्रवीणता प्रमाणपत्र तहको परीक्षा सञ्चालन हुँदै छ । सबै खेलाडी राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सक्ने सम्भावना पनि कम छ । खेलाडी धेरैजसो परीक्षाको तयारीमा छन् । निर्वाचनले पनि प्रशिक्षण प्रभावित बनेको छ । अहिलेको वातावारणले खेलाडीलाई मानसिक र शारीरिक रूपले तयारी गर्ने समय पर्याप्त नभएको गुनासो यहाँका खेलप्रेमीले गरेका छन् । हतार हतारमै तयारीबिना राष्ट्रिय प्रतियोगितामा सहभागी हुने चटारो देखिन्छ । ‘दशवटा तौल समूहका लागि खेलाडी मागेको छ, भर्खर सबै नयाँ खेलाडी ल्याएर प्रशिक्षण गराउँदै छु,’ एक खेल प्रशिक्षकले भने, ‘खेलाडी खोजेर ल्याउन पनि समस्या भएको छ ।’ प्र्रशिक्षक एकातिर निर्वाचनमा खटिएका छन् भने अर्कोतर्फ लगत्तै खेलाडीको छनोट सक्नुपर्ने बाध्यता छ । रासस