जेठ २ गतेकै अवस्थामा फर्किने कि फागुन २८ गतेको अवस्थाबाट नयाँ यात्रा शुरू गर्ने भन्ने विषयलाई लिएर नेकपा एमालेभित्र दुई महिना यता चलेको रस्साकस्सी जेठ २ गते नै फर्किने गरी सहमतिउन्मुख भएको छ ।
‘जेठ २’मा फर्किने सहमति कार्यान्वयनको खाका बनाउन आज आइतवार जेठ २ मै कार्यदल गठनको संयोग जुरेको छ ।
आजभन्दा तीन वर्ष अगाडि २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।
एकताको तीन वर्ष नपुग्दै गत फागुन २३ गतेको अवस्थामा आइपुग्दा नेकपा जेट ‘क्र्यास’ भ...