बुधवार नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० अंकमा सीमित भएको छ ।
यस दिन १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन ९० वटा कम्पनीको शेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
बुधवार रिडी हाइड्रोपावर र राइराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । त्यसैगरी विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटी इनर्जी कम्पनीको ९.९८ प्रतिशतले शेय...