पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालमा दुई तिहाई जनसङख्या कृषिमा आवद्ध भए पनि कृषि निर्वाहमुखी मात्र रहेको र पर्याप्त रोजगारी सिर्जना गर्न नसकेकाले कृषि जनशक्तिलाई औद्योगिक जनशक्तिमा रुपान्तरण गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले आधुनिकीकरण गर्दै कृषिलाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुभयो …