कागजात फिर्ता पठाइएकोमा राष्ट्रियसभाका अध्यक्षको असहमति

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुखको एकल निर्णयले संसदीय सुनुवाइ सम्बन्धी कागजात फिर्ता पठाइएकामा आपत्ति प्रकट गरेका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘संसदीय सुनुवाइसम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको सम्बन्धमा’ भएको पत्राचार, अधिकार क्षेत्र र त्यसमा प्रयुक्त ब्यहोराप्रति आफ्नो असहमति जनाए । पत्रमा उल्लिखित ‘सङ्घीय संसद् तथा सोअन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनसमेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहित भएको’ भन्ने ब्यहोराले दुई सदनात्मक सङ्घीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन (राष्ट्रियसभा) को भूमिका र गरिमामा प्रहार भएको टिप्पणी गरे । नेपालको संविधान एवं सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीले सङ्घीय संसदीय सुनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको उल्लेख गर्दै उनले दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइसहितका संयुक्त समिति सञ्चालनको अधिकार सङ्घीय संसद्को कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको जिकिर गरे । अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात सङ्घीय संसद्का दुवै सदनको सम्पत्ति भएको स्मरण गराउँदै अध्यक्ष तिमिल्सिनाले भने, “संसदीय सुनवाइसम्बन्धी पत्र फिर्तासम्बन्धी प्रक्रि

सम्बन्धित सामग्री

राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा जम्बो टोली अष्ट्रेलियामा

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा प्रदेशका सभामुख र उपसभामुखसमेत संलग्न रहेको १५ सदस्यीय टोली सोमबार अष्ट्रेलिया पुगेको छ । भ्रमण टोलीमा अध्यक्ष तिमल्सिनाले आफ्ना भाइ र निजी सचिवलाई समेत संलग्न गराएका छन् । अष्ट्रेलियाको सिड्नीमा नेपाली राजदूत कैलाशराज पोखरेलले सोमबार नेपाली टोलीलाई स्वागत गरेका छन् । भ्रमण टोलीमा राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासहित सुदूरपश्चिम प्रदेशसभाका सभामुख […]

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबिच बालुवाटारमा भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश…

मन्त्रीहरुलाई तोकिएकै समयमा उपस्थित हुन राष्ट्रियसभा अध्यक्षको रुलिङ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई राष्ट्रियसभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरेका छन् ।  राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरु संघीय संसदप्रति उत्तरदायी हुने संविधानले व्यवस्था गरेको उल्लेख गरे ।उनले सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउनु र सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेवारी रहेको बताए । अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभाको बैठकमा तोकिएको ठिक समयमा

मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिन अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्

मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

काठमाडौँ,७ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिन अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण […]

प्रतिनिधिसभाको विषयलाई राष्ट्रियसभामा नल्याउन अध्यक्षको आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभामा उठेको विषय राष्ट्रियसभामा नल्याउन सांसदहरुलाई आग्रह गरेका छन् ।राष्ट्रियसभाको सोमबारको बैठकमा नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभामा उठेको विवादको विषयमा विरोध गरेर बैठक अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन् ।‘यहाँहरूको धाराणा र विचारप्रति ध्यानाकर्षण भएको छ । बारम्बार भन्ने गरेको छु, प्रतिनिधिसभामा जे विषय उठेको छ राष्ट्रिय सभामा त्यसलाई प्रवेश […]